Loading... 22 September 2020|   बुधबार, असोज ७, २०७७   

नेपाल ज्योतिष परिषदको २२ औं स्थापना दिबस सुर्खेतमा पनि मनाइयो

  |  569 Views

पुस २४, सुर्खेत । नेपाल ज्योतिष परिषदको २२ औं स्थापना दिबस सुर्खेतले पनि भब्य रुपमा मनाएको छ । मानवसेवा आश्रम सुर्खेतमा रहेका विभिन्न ४० बढीलाई बिहानको भोजनका साथै नगद/जिन्सि सहयोग गरि स्थापना दिबस मनाएको हो ।

कार्यक्रममा बोल्दै ज्योतिष क्षेत्रमा विभिन्न बिकृती र बिसङगतिको अन्त्य र कर्णाली प्रदेशको ज्योतिषीय चिनारी एबम खस राज्यको प्रतिनिधित्व हुनु पर्ने बिचार समेत रखेका थिय। यसका साथै ज्योतिषीहरु अझै सुढृड र परिमार्जित पनि हुनु पर्ने धारण समेत राखेका थिए।
कार्यक्रममा ब्रह्माण्ड संघ नेपाल सुर्खेतका विभिन्न प्रतिनिधि समेत उपस्थित थि। कार्यक्रमको समापन बिरेन्द्र चोकमा दिप प्रज्वलन तथा स्वस्ती वाचन गरि भजन कृतन गरि समाप्त भएको थियो। कार्यक्रम संचालक सचिव आदित्य राज उपाध्यायले गरेका थिए।

कार्यक्रममा सभापतित्वको आशन ज्योतिष परिषद सुर्खेतका अध्यक्ष धनऋषि उपाध्याय, बिशेष अतिथिमा गौरी शंकर शर्मा, प्रमुख अतिथिमा ढाका राम शर्मा अधिकारी, रामशंकर उपाध्याय, याम प्रशाद अधिकारि अतिथिमा केन्द्रीय प्रतिनिधि लगायत विभिन्न जिल्लाका प्रतिनिधि समेतको सहभागिता रहेको थियो।

प्रकाशित मितिः बिहीबार, पुस २४, २०७६     7:25:21 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *