Loading... 12 July 2020|   सोमवार, असार २९, २०७७   

कर्णालीका अधिकाँश स्थानमा हिमपात, गुराँसेमा सवारी आवागमन अवरुद्ध

  |  1064 Views

पुस २४,  । कर्णालीका अधिकाँश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमालका अधिकांश भू–भागमा हिमपात भइरहेको छ ।

दैलेखको गुराँसेमा दोस्रो पटक हिमपात भएको छ । बुधबार रातीदेखी नै गुराँसेमा झण्डै एकफिटसम्म हिउँ परेको हो । गत साता बिहीवार गुराँसे आसपासमा मात्रै हिउँ परेपनि यो पटक रानाताङ्गला बजार सम्म हिउँ परेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जानकारी दिएको छ । हिउँ परेपछि सवारी आवागमन समेत अवरुद्ध भएको छ ।

पश्चिम र सुदुरपश्चिमको भुभागमा शुक्रबारबाट मौसम सुधार हुने जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेत कार्यालयमा कार्यरत मौसमबिद रामबाबु मिश्रले बर्षातको गति कमजोर हुदै गएकाले शुक्रबार मौसममा सुधार आउने बताउनु भएको हो । कर्णाली प्रदेश लगाएत पश्चिमका उच्च हिमाली तथा पहाडी भुभागमा भारि हिमपात भएको छ । नेपालको पश्चिमि न्युन चापिय वायुको प्रभावले उच्चहिमाली र पहाडि क्षेत्रमा भारी हिमपात भएको अधिकांस क्षेत्रमा बर्षा भएको हो ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको राजधानि सुर्खेतमा १७ मिलिलिटर पानी परेका छ भने डडेलधुरा र त्यस आसपासमा २५ मिलिलिटर पानी परेको मौसम बिध मिश्रले बताउनुभयो । डडेलधुरामा हिमपात समेत भएको छ ।

सुर्खेतमा यस वषैकै सबै भन्दा न्यून तापमान गत पुष ११ गते १.३ डिग्री सेलसियस मापन भएको थियो । वर्षत र हिमपातका कारण चिसो बढेकाले न्यानो गरि बस्न, झोलिलो तथा बोसोजन्य पदार्थको सेवन गर्न चिकित्सकहरुले सुझाव दिएका छन ।

प्रकाशित मितिः बिहीबार, पुस २४, २०७६     5:12:53 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *