Loading... 12 July 2020|   सोमवार, असार २९, २०७७   

सुर्खेतको विकास खर्च अत्यन्त न्यून

  |  218 Views

पुस २२, सुर्खेत । चालु आर्थिक वर्षको मङ्सिर मसान्त सम्म कर्णाली प्रदेशको राजधानि सुर्खेतको विकास खर्च सन्तोषजनक नभएको पाईएको छ ।

जिल्लामा हाल मङ्सिर मसान्त सम्म अत्यन्त न्यून खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतलेजनाएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतका लेखा अधिकृत यमुना श्रेष्ठले हाल सम्म २.३५ प्रतिशत खर्च भएकाले यो सन्तोषजनक नभएको बताउनुभएको हो । विकास बजेट खर्च गर्दा सार्वजनिक खरिद ऐन अनुसार गर्नु पर्ने भएकाले प्रक्रिया लामो हुने हुदा खर्चको प्रतिशत कम देखिएको उहाँले बताउनु भएको हो ।

प्रदेश राजधानी भएको जिल्लामा स्वभाविक रुपमा अन्य जिल्ला भन्दा बढि खर्च हुनुपर्ने भएपनि प्राप्त तथ्याङ्क हेर्दा न्यून खर्च भएको देखिन्छ । जसका कारण विकासको गति प्रभावकारी रुपमा अगाडि बढेको देखिदैन । त्यस्तै कर्णाली प्रदेशका अन्य जिल्लाको अवश्था पनि त्यस्तै भएको प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः मंगलबार, पुस २२, २०७६     7:17:21 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *