Loading... 20 October 2020|   बुधबार, कार्तिक ५, २०७७   

४० प्रतिशत अर्गानिक वस्तुहरु राखिएको आयोजकको दाबी ( फोटो फिचर सहित )

  |  274 Views

सुर्खेत, पुस ७ । प्रथम राष्ट्रिय औद्योगीक ब्यापार, कृषि, नविनतम प्रबिधि प्रदर्शनी र पर्यटन महोत्सव २०७६ मा ४० प्रतिशत अर्गानिक वस्तुहरु राखिएको आयोजकले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले उद्यमीहरुलाई प्रोत्साहन गर्नुका साथै उत्पादित वस्तु अन्तराष्ट्रिय स्तर सम्म पुगाउनका लागि आयोजना गरिएको महोत्सवमा ४० प्रतिशत अर्गाानिक वस्तुहरु उपलब्ध छन । महोत्सवमा १० वटै जिल्लामा उत्पादन हुने बिभिन्न कृषि उपज र फेन्सी सामाग्री लगाएतका स्थानिय स्थरका वस्तहरुगरि झण्डै ४० प्रतिशत अर्गानिक मैत्री भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष दिपक बहादुर बुढाले बताउनुभयो ।

महोत्सवमा हुम्ला, जुम्ला लगायतका जिल्लामा उत्पादन हुने खाद्यन्न उपलव्ध भएकाले यसले कर्णाली प्रदेशको गौरब बढााउने निश्चित भएको व्यावसायिहरुको धारणा छ । महोत्सवमा मकै, कोदो लगाएत मार्सिचामलको खिर, फापरको म:म लगाएतका खाने परिकार पाईने उद्यमीको भनाई छ ।

महिला उद्यमीहरुले पनि कोदो मकै लगाएतका अर्गानिक खाद्यन्नबाट बिभिन्न खानाको परिकार बनाएका छन ।
महोत्सवमा घरलु उद्योगबाट बनाएका बिभिन्न किसिमका फेन्सी सामान पनि राखिएको छन भने कृषि जन्य बस्तुहरु पाउन सकिने आयोजकको भनाई छ । महोत्सव पुस १० गते सम्म संचालन हुनेछ ।

प्रकाशित मितिः सोमवार, पुस ७, २०७६     3:46:32 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *