Loading... 14 July 2020|   मंगलबार, असार ३०, २०७७   

मिस एण्ड मिस्टर सुर्खेतको उपाधि अन्जना र टेकमलाई ( फोटो फिचर सहित )

  |  734 Views

मिस्टर सुर्खेत सिजन १ का उपाधी बिजेता टेकम बिक र मिस सुर्खेत सिजन ३ उपाधी बिजेता अन्जना श्रेष्ठ

पुष ६, सुर्खेत । मुन मिडिया हाउसले संचालन गरेको ‘मिस सुर्खेत २०१९ को ताज अन्जना श्रेष्ठले जित्नुभएको छ । शनिबार वीरेन्द्रनगर मा भएको अन्तिम प्रतिस्पर्धामा अन्य प्रतियोगिलाई पछि पार्दै श्रेष्ठले मिस सुर्खेतको उपाधि हात पार्नुभएको छ ।

ताज संगै श्रेष्ठले ३० हजार नगदसहित एक थान लाभाको मोबाईल सेट र मिस सुर्खेतको ताज प्राप्त गर्नुभएको छ । मिस सुर्खेत फस्ट रनरअफको उपाधि विनिता गुरुङले हात पार्दा सेकेण्ड रनरअफको उपाधि दीपा पुनमगरले जित्नुभयो । मिस सुर्खेतको यो तेस्रो सिजन हो ।

यस्तै, पहिलो पटक उक्त संस्थाले आयोजना गरेको ‘मिस्टर सुर्खेत’ को उपाधि टेकम विकले जित्नुभएको छ । उहाले २० हजार नगदसहित विभिन्न उपहार हात पार्नुभएको छ । मिस्टर सुर्खेतको फस्ट रनरअफ भने सन्तोष चौधरी हुनुभएको छ । अडिसन राउण्डबाट छनोट भएकाले २० दिनको तालिमपश्चात उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गरेका हुन ।

आयोजक मुन मिडिया हाउसका अध्यक्ष विजय केसीले बाहिरी तथा भित्रि सुन्दरतालाई उजागर गर्न, आत्मविश्वास बढाउन र क्षमता विकास गर्न सहयोग पुगोस भन्ने उद्देश्यले हरेक वर्ष मिस सुर्खेत र मिस्टर सुर्खेतको प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनु भएको छ ।

 

प्रकाशित मितिः आइतवार, पुस ६, २०७६     5:26:25 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *