Loading... 30 November 2020|   सोमवार, मंसिर १५, २०७७   

विकासले गति लिन नसक्दा जनता अभावै अभावमा गुज्रिए : मुख्यमन्त्री शाही ( फोटो फिचर सहित )

  |  468 Views

पुष ४, सुर्खेत । विकासले गति लिन नसक्दा जनता अभावै अभावमा गुज्रिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनु भएको छ । शिक्षा दिक्षा, स्वास्थ्यपोचार, स्वस्थ खानेपानी लगायतबाट उनीहरू अहिले पनि वञ्चित भएको उहाको भनाइ छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै उहाले विकासले गति नलिँदा सहर तथा बजारदेखि गाउँसम्मका सडक कच्ची तथा धुलाम्मे भएको बताउनुभएको हो ।

समाजमा अहिले पनि हिंसा कायम हुँदा जनता असुरक्षित रहेको उहाँको भनाई छ । व्यवस्था मात्र बदल्नु ठूलो कुरा नभएको भन्दै उहाले जनताको अवस्था पनि परिवर्तन हुनुपर्ने धारणा राख्नुभयो । जनताले समृद्ध नेपाल चाहेको भन्दै उहाले कर्णाली प्रदेश सरकार उनीहरूको पर्खाइलाई साकार पार्न व्यवस्थित ढंगले काम गरिरहेको बताउनुभयो । अहिले सरकार कानुन निर्माणसँगै विकास निर्माणमा लागेको उहाले बताउनुभयो ।

प्रदेश सरकारसँग भौतिक संरचना र जनशक्ति अभाव हुँदा काम गर्न कठिनाइ भएको भन्दै उहाले यसको व्यवस्थापनमा सरकार लागि परेको बताउनुभयो । त्यस्तै उहाले कर्णाली अर्गानिक प्रदेश बनाउन सरकार लागि परेकाले निजी क्षेत्रले पनि यस अभियानलाई सघाउनु पर्ने बताउनुभयो । कर्णालीमा अर्गानिक प्रदेशको राम्रो सम्भावना भएकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६     11:30:10 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *