मंसिर ३०, सुर्खेत । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आगिल्लो वर्ष देखी सुरुगरेको झन्डा दिवस यस वर्ष सुर्खेतमा पनि मनाउने भएको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल तथा राष्ट्रिय पोसाक संरक्षण माहाआभियान नेपाल को आयोजना र कर्णाली युथ पावर को सहकार्य मा भोली पुस १ गते बिहान ८ बजे मंगलगढी चोक हुदै बिरेन्द्रचोक सम्म सद्भभाव र्याली सहित विशाल भेला र बिश्वमा सद्भाव छर्ने उद्धेश्य साथ कार्यक्रम तय गरियको अभियानकर्ता सचिन तिमिल्सिना ले जानकारी दिए ।
केन्द्रिय संयोजक राजानन्द माण्डब्य ले विसं २०१९ पुस १ गते नेपालको झन्डाले संयुक्त राष्ट्रसंघबाट औपचारिक मान्यता पाएपश्चात् नेपालमा कहिल्यै पनि झन्डाको विशेष उत्सव नमनाइएका कारण गत वर्षदेखि झन्डा दिवस मनाउन थालिएको बताए ।
राष्ट्रिय पोसाक संरक्षण माहाआभियान नेपाल का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश संयोजक कमल लामिछाने ले विदेशी शक्तिसामु कहिल्यै हार्न नपरेको नेपालीको ध्वजा स्वतन्त्र त रह्यो, तर हामी नेपालीले नै यसको मानमा आँच आउने काम गर्दै गयौँ,’ झन्डाको दुरुपयोग भएको उल्लेख गर्दै उनले भने, ‘झन्डाको आफूखुसी प्रयोग गर्ने मात्र नभई यसको कार्यविधि, आचारसंहिताको बेवास्ता गरियो ।’
पछिल्लो समय त झन्डाको स्वरुप र रङ मात्र नभई चन्द्र–सूर्यको कोणसमेत आफूखुसी राख्ने र किनारा र लम्बाइ, चौडाइसमेत मनपरी तरिकाबाट प्रयोग गरिएको मा दुख बेक्त गरे ।