Loading... 20 October 2020|   मंगलबार, कार्तिक ४, २०७७   

“Run For A Cause” कार्यक्रम को आयव्यय सर्वजनिक

  |  398 Views

मंसिर २४, सुर्खेत । तनाव छ जिन्दगी फाउण्डेशनले पहिलो पटक सुर्खेतको वीरेन्द्रनगरमा संचालन गरेका “Fund-Raising Event for Homeless Children” को आय-व्यय सार्वजनिक गरेको छ । फाउण्डेसनका अध्यक्ष संजय योगीले सुर्खेतको पर्यटकिय क्षेत्र काँक्रेविहारमा संचालन गरिएको उक्त कार्यक्रम बाट ७४ हजार ४ सय संकलन भएको जानकारी दिनुभयो ।

“Run For A Cause”नाम दिएर संचालन गरिएको दौड मा सहभागी भएका १ सय ३३ जनाको फारम शुल्क बापत ४५ हजार ८ सय संकलन भएको र विभिन्न निकायबाट २८ हजार ६ सय संकलन भएको योगीको भनाई छ । फाउण्डेसनमा उक्त कार्यक्रम संचालन पछि ५३ हजार बचत भएको छ । अध्यक्ष योगीले संकलित रकम बचत रकम फाउण्डेसनको अक्षयकोषमा जम्मा गरिएको बताउदै कोषको प्रयोग आर्थिक स्थिति कमजोर भएका , बेसाहारा बालबालिकाका निम्ती खर्च गरिने जानकारी दिनुभयो ।

फाउण्डेसनले मंसिर १४ गते “Run For A Cause” नामक कार्यक्रम संचालन गरेको थियो । कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले गर्नुभएको हो ।

प्रकाशित मितिः मंगलबार, मंसिर २४, २०७६     2:41:05 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *