Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

कर्णालीमा भ्रष्टाचार अहिले सम्मकै उच्च

  |  1367 Views

सबै भन्दा धेरै उजुरी उद्योग बन तथा बाताबरण मन्त्रालयमा , स्थानिय तहमा भने दैलेख उजुरी पर्नेमा पहिलो 

मंसिर २४, सुर्खेत । कर्णाली प्रदेशमा भ्रष्टाचार बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ । अख्तियारको कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७६÷७७ मा जम्मा ११८ उजुरी परेका छन । जसमध्य २७ ओटा उजुरी फछर्यौट भएको जनाइएको छ ।

९१ उजुरी माथी अनुसन्धान भैरहेको अख्तियार सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो । प्रदेश मन्त्रालय अन्तरगत सबै भन्दा धेरै उजुरी उद्योग बन तथा बाताबरण मन्त्रालयमा परेका छन । वन मन्त्रालयका विरुद्ध ६३ उजुरी परेकोमा १५ ओटा फछर्यौट भएको कार्यालयको तथ्याङ्कमा छ । ४८ उजुरी उपर अनुसन्धान भैरेहेको छ । कर्णाली प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयमा सबै भन्दा कम ८ उजुरी परेका छन । भैतिक पूर्वाधार विकास मन्त्रालयको भौतिक पुर्वाधार तथा यातायात मा ३ , खानेपानी र सहरी विकासमा २ उजुरी परेका छन । भैतिक मन्त्रालयमै सिंचाई तर्फमात्र १ उजुरी परेको मा खानेपानी र सहरी विकास तर्फको एउटा उजुरी किनारा लगाईएको कार्यालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले आर्थिक वर्ष २०७६÷७७ को कार्तिक मसान्त सम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका विरुद्ध २३ उजुरी परेकोमा ४ ओटाको फछर्यौट भएको र १९ ओटा बाँकी रहेको जनाएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय विरुद्ध १७ ओटा भ्रष्टाचारका उजुरी परेका छन । जसमध्य ७ ओटा फछर्यौट भएको र १० ओटामा अनुसन्धान भैरहेको प्राप्त विवरणमा भनिएको छ । त्यस्तै कर्णाली प्रदेश कृषि तथा सहकारी मन्त्रालय मा ७ ओटा उजुरी परेका छन । जसमध्य कृषि तथा पशुपंक्षी विकास तर्फ ४ उजुरी परेका छन । ७ ओटै उजुरी उपर अनुसन्धान भैरेहको कार्यालयले जनाएको छ ।

कर्णालीका १० जिल्ला मध्य सबै भन्दा धेरै उजुरी दैलेखका स्थानिय तह विरुद्ध परेका छन । सबैभन्दा बढी उजुरी दैलेखका स्थानीय तहविरुद्ध परेका छन् । दैलेखका ११ स्थानीय तहविरुद्ध ७५ उजुरी परेका छन् । भने प्रदेश राजधानी सुर्खेतका ९ स्थानीय तहविरुद्ध ४५ वटा उजुरी परेको अख्तियारले जनाएको छ ।

कालिकोट जिल्लाका नौवटा स्थानीय तहविरुद्ध अख्तियारमा ४१ वटा उजुरी परेका छन् । अख्तियारले ती उजुरीमध्ये ६ वटाको मात्रै फर्छ्यौट गरेको छ भने ३५ वटा अनुसन्धानको क्रममा रहेको बताएको छ ।
सल्यान जिल्लाका १० वटा स्थानीय तहका विरुद्ध अख्तियारमा जम्मा २८ उजुरी आएकोमा १२ उजुरी फर्छ्यौट भएको छ भने १६ उजुरीको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । यस्तै मुगु जिल्लाका स्थानीय तहविरुद्ध १२ उजुरी परेका छन् । तीमध्ये २ वटा उजुरी फर्छ्यौट भएकोमा १० वटा बाँकी छन् ।   मुगु कार्मारोङ गाउँपालिकाविरुद्ध भने एउटा पनि जुरी नपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिुनुभयो ।

सापकोटाका अनुसार डोल्पाका ८ स्थानीय तहबाट ९ वटा उजुरी अख्तियारमा परेका छन् । तीमध्ये २ वटा उजुरी फर्छ्यौट भई ७ वटा फर्छ्यौट हुन बाँकी छन् । जिल्लाका चारवटा स्थानीय तहविरुद्ध एउटा उजुरी पनि परेको छैन । जुम्ला जिल्लाका स्थानीय तहबाट अख्तियारमा २९ उजुरी परेकोमा ५ वटा फर्छ्यौट भएको र २४ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका छन् ।

रुकुम पश्चिमका स्थानीय तहका विरुद्ध २७ उजुरी अख्तियारमा परेका छन । जसमध्ये ११ वटा उजुरी फर्छ्यौट भएका छन् । १६ वटा अनुसन्धानकै क्रममा रहेको सापकोटाले जानकारी दिनुभयो । जाजरकोट जिल्लाका स्थानीय तहविरुद्ध ३८ उजुरी अख्तियारमा परेका छन् । तीमध्ये ७ वटा उजुरी फर्छ्यौट भई ३१ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका छन् ।

प्रकाशित मितिः मंगलबार, मंसिर २४, २०७६     1:29:19 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *