Loading... 21 January 2021|   बिहिबार, माघ ८, २०७७   

सुर्खेतीलाई ६ सयको पसलले बनायो छक्कै

  |  2857 Views

कार्तिक २९, सुर्खेत । ६ प्रदेश अर्थात कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई ६ सयले छक्कै बनाएको छ । विरेन्द्रनगरको एउटा पसलमा हरेक सामान ६ सयमा पाउन थाले पछि विहान ६ बजे देखिनै ग्राहकहरु विरेन्द्रचोकै ढाक्ने गरि छपक्कै देखिन थालेका छन ।

तेन्जीन लमु क्लोरिङ स्टोर नामको उक्त पसलमा बिना विज्ञापन विक्री शुरु गरेको दिनदेखि नै ग्राहकको घुइँचो लागीरहेको छ । आफ्नो पसलको विक्रीबाट सटरभाडा तिर्न हम्मेहम्मे परेका आसपासका व्यवसायी यस्तो दृश्य देखेर छक्क परेका छन् । यहाँका फेन्सी तथा रेडिमेड पसलको सम्बन्धीत निकायले नियमित बजार अनुगमन नगर्दा हरेक सामानमा ब्यवसायीले मनलाग्दी मूल्य असुल्दै आएका छन् । यसरी सस्तोमा सामान विक्री हुन थालेपछि फेन्सी तथा रेडिमेड ब्यवसायीमा यसले तरंग ल्याएको छ । विरेन्द्रनगर का स्थानिय मात्रै नभएर बाहिरबाट पनि सामान किन्नका लागी ग्राहकहरु आउन थालेपछि भिड बढेको छ ।

सुर्खेतका फेन्सी पसलहरूले प्यान बिलसमेत दिन नसकिरहेको बेला तेन्जिन स्टोरले प्रत्येक कपडाको खरिदमा भ्याट बिल समेत दिइरहेको छ । भिड थेग्न नसकेर प्रहरीको समेत सहयोग लिनुपर्ने अवस्था सिर्जना भइरहेको छ । न त पसलले कुनै विज्ञापन गरेको छ, न त कतै पोस्टर नै टाँसेको छ । एककान दोकान मैदान हुँदै सस्तो र राम्रो कपडा, घरायसी सामान देखि अन्य सबै सामान मात्र ६ सयमै पाउने आफन्तमा प्रचार भएपछि सामान खरिदका लागी ४ घण्टा देखि लाईन बस्नु भएको छ । दैलेखका गौरी शाही सस्तो मुल्यको पसलमा लत्ता कपडा मात्रै नभएर अन्य घरायसी सामाग्री पनि विक्रिमा राखिएको छ । तर अहिले जाडोको सिजन भएकाले कपडा किन्नेहरुको भिड देखिएको हो । दिनभर पसल नखुलेपनि जति समय खुलेको छ दैनिक ६ लाख बढिको कारोबार भैरहेको पसलका कर्मचारीको भनाई छ ।

महङ्गिको मारमा परेका उपभोक्ताहरुले सस्तोमा सामान खरिद गर्न पाएकोमा राहतको महसुस गरेका छन । प्रतिस्प्रधात्मक बजारमा उस्तै सामान सस्तो मुल्यमा पाउन थाले पछि उपभोक्ताको यो बढ्दो रुचिले बजारमा संचालनमा रहेका अन्य व्यवसायीहरुलाई उचित मुल्य निर्धारणका लागी दवाव सृजना गरिदिएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६     2:24:31 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *