Loading... 21 January 2021|   शुक्रबार, माघ ९, २०७७   

हिंसा अन्त्य गर्नलाई गरिवि न्यूनिकरण गर्नुपर्छ : मुख्यमन्त्री शाही

  |  317 Views

कार्तिक २७, सुर्खेत ।कर्णाली प्रदेशमा हुने बिभिन्न खालका हिंसा अन्त्य गर्नलाई गरिवि न्यूनिकरण गर्नु पर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनु भएको छ ।

मंगलबार वीरेन्द्रनगर सुर्खेतमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको बर्ष अभियान २०७६÷७७ लैङ्गिक हिंसाको अत्यका लागी सरोकारवाला निकायको जिम्मेवारी, भुमिका र प्रतिवद्धता विषयक प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहाँले गरिवि न्युनिकरण गरे मात्रै हिंसा अन्त्य हुने बताउनु भएको हो ।

कर्णालीका नागरीकको चेतना स्तर कमजोर हुनाले पनि बिभिन्न किसिमका हिंसा हुने गरेको मन्त्री शाहीको भनाई छ । कर्णली प्रदेशलाई हिंसा मुक्त प्रदेश बनाउनका लागी गरिवि न्युनिकरणका साथै कमजोर सोचको अत्य गरेमा मात्र हिंसा मुक्त र सुखी प्रदेशको रुपमा चिनाउन सकीने उहाँको भनाई रहेको छ ।

भुमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्री विमला केसिले समानुपातिक अधिकारलाई सुनिश्चित गरि महिलाहरुलाई मुलप्रवाहिकरणमा ल्याउन सके हिंसा क्रमिकरुपमा घट्दै जाने धारणा राख्नु भयो । हिंसा अत्यका लागी आफुले खेल्नु पर्ने भुमिका सधै गम्भीर भएर लाग्ने उहाँको प्रतिवद्धता छ ।

कानुनको कार्यन्वयन सँगै जनचेतना जोगाउन सके मात्र कर्णालीमा हुने हिंसा अत्य गर्न सकिने सामाजिक बिकास मन्त्री दलरावलको भनाई छ । हिसा पिडित महिला तथा बिभिन्न वर्ग र समुहका ब्यक्त हरु राष्टिको नेतृत्व तहमा ल्याउन सके हिंसा अत्यहुने मन्त्री रावलको भनाई छ ।

कार्यक्रममा सांसदहरु, महिला नेतृ, सरोकारवाला जनप्रतिनिधि लगायतको उपस्थीती रहेको थियो ।

प्रकाशित मितिः बुधबार, कार्तिक २७, २०७६     9:42:02 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *