Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

काक्रेबिहार यातायात प्रा.लि.ले ल्यायो सुविधा सम्पन्न दुईवटा एयर बस

  |  676 Views

कार्तिक १०, सुर्खेत । सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.ले थप नयाँ सुबिधासम्पन्न एयर बस संचालनमा ल्याएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट देशैभर सेवा दिँदै आएको प्रतिष्ठित सुर्खेत काक्रेबिहार यातायात प्रा.लि.ले सुविधा सम्पन्न थप दुईवटा एयर बस ल्याएको हो ।

सुर्खेत काक्रेबिहार प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले यात्रुहरुको सुबिधाकालागी सुबिधा सम्पन्न दुईबटा नयाँ एयर बस संचालनमा ल्याएको बताए । उनले भने ,प्रालिबाट कर्णाली प्रदेशका १० बटै जिल्लाका साथै नेपालगंन्ज, महेन्द्रनगर, धनगढी, दाङ दिवा सेवा संचालनमा रहेको सापकोटाले जानकारी दिए । सुर्खेत काक्रेबिहार प्रालिमा एक सय ६० बटा गाडी रहेको र थप ५ वटा एअर सस्पेन्सन गाडि पुष मसान्तसम्म संचालनमा ल्याउने तयारी भएको बताए ।

यात्रुहरुको सहजताका लागि २०७७ को दशैलाई मद्यनजर गर्दै अहिलेदेखिनै थप सुविधाजनक गाडी भित्र्याउने महत्त्वपूर्ण कार्यदिशा कार्यसमितिले तयार पारेको सापकोटाले बताए । सापकोटाले अस्वस्थ प्रतिस्पर्धाका नाममा सुर्खेत काँक्रेबिहारको नाम संग मिल्दोजुल्दो नाम राखेर संचालन गरिएका यातायात प्रालिहरु सग नझुक्किन यात्रुहरुलाई आग्रह गरेका छ्न ।

यातायातका साधनको संख्या थप गर्दै जाने आफूहरूको योजनाले यात्रुहरुलाई सहज तथा सर्वसुलभ सेवा दिन सकिने अध्यक्ष सापकोटाको विश्वास छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक १०, २०७६     7:34:26 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *