कार्तिक ९, सुर्खेत । नेपाल तरूण दलको ६६ औँ स्थापना दिवसका अवसरमा तरुणदल सुर्खेतद्वारा आयोजित फुटसल प्रतियोगितामा नेबि संघ र तरुणदल सुर्खेत फाइनल प्रबेश गरेका छन ।
शनिबार भएको पहिलो खेलमा समुह ए को बिजेता CDEN र समूह बि को उपबिजेता नेबिसंघ बिचको खेलमा नेबिसंघ १ का बिरुद्ध ३ गोल गरि फाइनल प्रबेश भएको हो ।
यसै गरि दोश्रो खेलमा समूह बि को बिजेता तरुण दल सुर्खेत र समुह ए को बिजेता प्रजातान्त्रिक व्यापार संघ बिचको खेल मा तरुण दल १ का बिरुद्ध २ गोल गरि फाइनल प्रबेश भएको हो ।
लिगकम नकआउट सिस्टममा समूह बि को पहिलो खेलमै तरुण दल सुर्खेत सग ३ का बिरुद्ध ७ गोलले नेबिसंघ पराजित भएको थियो । फाइनल खेल भोलि आइतबार बिहान ८ बजे बिरेन्द्रनगर नगरपालिका का प्रमुख देब कुमार सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न हुने तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्टले जानकारी दिनुभयो ।