Loading... 21 January 2021|   बिहिबार, माघ ८, २०७७   

बजार सुधार्न हातेमालो आवश्यक

  |  378 Views

कार्तिक ८, सुर्खेत । प्रभावकारी बजार अनुगमनमार्फत बजार सुधार गर्ने अभियानमा सुर्खेतका सरोकारवालाले एक्यवद्धता जनाएका छन् । पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई चिर्दै प्रत्येक हप्ता नै अनुगमन गर्नुपर्नेमा सरोकारवालाले एक्यवद्धता जनाएका हुन् ।

बागेश्वरी असल शासन क्लब (बास) सुर्खेत शाखाले वीरेन्द्रनगरमा आयोजना गरेको प्रभावकारी बजार अनुगमनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रियामा सहभागीले सबै निकाय जुटे बजार सुधार्न समय नलाग्नेतर्फ जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले बजारको अवस्था नाजुक भएको भन्दै अब गल्ती गर्ने कसैलाई पनि प्रशासनले नछाड्ने चेतावनी दिए । ‘उपभोक्ताको आखामा छारो हालेका छन् व्यापारीले,’ उनले भने, ‘कसुर गर्ने जो कोहीलाई अब छुट दिईनेछैन, उपभोक्ताको जीबनप्रति हामी सचेत छौ“ ।’ प्रशासकीय अधिकृत शर्माले स्थानीय तहले पनि ऐन बनाउने मात्र नभई अनुगमन पनि गर्नुपर्नेमा जोड दिए । ‘स्थानीय तहले बजार अनुगमनसम्बन्धी ऐन बनाउ“छ भने अनुगमन पनि त गर्नुप¥यो,’ उनले भने, ‘सम्बन्धित निकाय नै प्रशासनकै भर परिरहेका छन् ।’ साथै उनले बजार अनुगमन निरिक्षकको व्यवस्था गरी नगरपालिकाले साप्ताहिक रुपमा अनुगमन गर्नुपर्ने सुझाव पनि दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले पछिल्लो समय बजार अनुगमनलाई तिव्रता दिइएको बताए । कार्यालयले गुणस्तरहीन खाद्य सामग्री बेची उपभोक्तालाई ठगी गरिरहेकालाई कारवाहीको दायरामा ल्याइएको पनि जनाए । ‘पहिलोपटक गल्ती गर्नेलाई सचेत गराउछौ“,’ उनले भने, ‘पटक पटक गल्ती गर्नेलाई छुट दिइदैन ।’

वीरेन्द्रनगर नगरपालिकाका वातावरण तथा विपद् अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले नगरपालिकाले बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हीत संरक्षण सम्बन्धी ऐन जारी गरेर काम थालेको जानकारी दिए । ‘बजार सुधारतर्फ नगरपालिका गम्भीर छ,’ उनले भने, ‘ऐनबमोजिम तिव्र गतिमा नगरपालिकाले काम गर्नेछ ।’

नागरिक सरोकार संघ सुर्खेतका अध्यक्ष पिताम्बर ढकालले हाल विभिन्न निकायबाट भइरहेको बजार अनुगमनले तिव्रता पाए आगामी दिनमा सुधारोन्मुख बजार देख्न पाइने विश्वास व्यक्त गरे । उनले वडामा रहेका खुद्रा पसलको पनि दर्ता प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिए । साथै अध्यक्ष ढकालले हाल चाडपर्वको अवसरमा संचालित सुपथ मुल्य पसलमा उपभोक्तालाई लाईन लागेर सामग्री लिदा धरपकडकै अवस्था आइलागेको भन्दै त्यसलाई व्यवस्थित गर्न पनि आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा वयकले कडा कानुन बनाइ कार्यान्वयन गर्नेतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिए । उनले दर्तापछि पनि नविकरण नभइ संचालन भईरहेको धेरै पसल भएको भन्दै यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

बासका केन्द्रिय अध्यक्ष रमेश सिटौलाले स्थानीय तहले अनुगमन समिति बनाइ काम गरे÷नगरेको बारे खबरदारी गर्ने बेला आएको धारणा राखे । ‘बजार सुधार गर्न एक÷दुई जनाले मात्रै चाहेर हुदैन,’ उनले भने, ‘नीति निर्माणकर्तादेखि सर्वसाधारणसम्मको ध्यान यसतर्फ जानुपर्छ ।’

बासका प्रदेश नम्बर ५ का संयोजक राधिका गिरीले बजार अनुगमनसम्बन्धी बनेका ऐन कार्यान्वयन गर्नेतर्फ स्थानीय सरकारको ध्यान पनि जानुपर्ने बताईन् ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६     3:58:28 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *