सुर्खेत, कार्तिक ७ । उपराष्ट्रपति नन्दबहादुर पुनले सुर्खेतका धार्मिक तथा पर्यटकीयस्थल काँक्रेविहार, देउती बज्यै मन्दिर र बुलबुले ताल अवलोकन भ्रमण समेत गरेका छन् ।
सिंजामा हुने कर्णाली खस राज्यको सास्कृतिक महोत्सव उद्घाटन गर्न जान लागेको उपराष्ट्रपति पुनले कर्णालीको राजधानीका रहेका पर्यटकीयस्थलको अवलोकन भ्रमण गरेका हुन् ।
अवलोकन भ्रमण गर्दै उपराष्ट्रपति पुनले नेपालमा धेरै पर्यटकीयस्थल भएपनि कर्णालीमा पर्यटन क्षेत्रमा राम्रो आम्दानी गर्न सक्ने बताए । ‘नेपालले पर्यटन क्षेत्रबाट धेरै आम्दानी लिन सक्छ ।’ उनले भने,‘कर्णाली त झनैँ नयाँ र नौलो क्षेत्र हो । यहाँ धेरै पर्यटकीय संम्भावना भएका क्षेत्र छन् ।’
उपराष्ट्रपति पुन शुक्रबार जुम्लाको सिंजामा कार्तिक ८ गते सिंजा सांस्कृतिक महोत्सवको हुने कार्यक्रम रहेको छ ।
शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्लाको सिंजा महोत्सव उद्घाटनका जाने कार्यक्रम रहेको छ ।