Loading... 9 August 2020|   आइतवार, साउन २५, २०७७   

लिफ्ट सिंचाई र विद्यालय भवन उद्धघाटन

  |  302 Views

सुर्खेत, कार्तिक ४ । पुर्वि सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्वर ९ स्थित भुल्केमा लिफ्ट प्रविधि मार्फत सिंचाईको व्यवस्था गरिएको छ । विगतदेखि सिंचाईको अभावमा रहेका त्यहाँका नागरिकहरु लिफ्ट मार्फत सिंचाई हुने भएपछि खुसी भएका छन ।

करिब डेढ सय मिटर मुनिवाट भेरी नदिको पानी लिफ्ट प्रविधि मार्फत त्यहाँको स्थानीय भुल्के लिफ्ट सिंचाई आयोजनाले वारीसम्म पानी ल्याउन सफल भएको हो ।

सोमवार कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टले उक्त सिंचाई आयोजनाको औपचारिक उद्धघाट्न गरेका हुन । त्यहाँको करिब ६ सय रोपनी जग्गामा बाह्रै महिना सिंचाई सहित तरकारी खेती गर्नका लागि १० लाँख लागतमा उक्त आयोजना सम्पन्न भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना , वडा नंम्बर ९ को कार्यालय र स्थानीयले घर घर बाट पैसा संकलन गरेर सिंचाई योजना सम्पन्न गरेको आयोजनाका अध्यक्ष भिमबहादुर घर्तिले बताए ।

आयोजनाको उद्धघाट्न गर्दै प्रदेश सांसद विष्टले त्यहाँका व्यवसायीक तरकारी खेती गर्ने किसानहरुलाई लिफ्ट सिंचाई आयोजनाले ठुलो राहत भएको बताए ।

उनले प्रदेश सरकारबाट पनि आफ्नो निर्वाचन क्षेत्रका थुप्रै क्षेत्रमा सिंचाई कुलो निर्माणका लागि योजना परेको भन्दै अब विकासले फड्को मार्ने बताए ।

शिक्षा क्षेत्र पहिलो प्राथमिकतामा ः विष्ट

सुर्खेतको गुर्भाकोट नगरपालिका ९ साहरे स्थित जनसेवा माध्यामिक विद्यालयको २ कोठे नयाँ भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकार शिक्षा निर्देशनालयको २० लाख अनुदान रकमबाट उक्त निर्मित २ कोठे भवनको सोमवार सांसद विष्टले एक कार्यक्रमका बिच उद्धघाट्न गरेका हुन ।
भवन उद्धघाट्न गर्दै सांसद विष्टले शिक्षा क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर काम गरेको प्रदेश सांसद विष्टले बताए । आफ्नो पहिलो आफ्नो निर्वाचन क्षेत्रका सबै विद्यालयमा पुर्वाधार तर्फ विकास तर्फ जोड दिने बताए ।

प्राविधिक शिक्षा तर्फपनि जोड दिंदै भेरी मावि घुमखहरेमा पहिलो पटक प्राविधिक धारको कक्षा शुरु गरिएको उनले बताए । साथै विष्टले यसै बर्ष मेहलकुना स्कुललाई प्रदेश सरकारको योजना अन्र्तगत डिजिटल विद्यालयको रुपमा रुपान्तरण गर्न लागिएको बताए ।

प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६     7:14:50 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *