शिव सत्याल
बुलबुलेखबर, काठमाडौ । कलाकार एवम निर्माता अशोक शर्माको निर्देशनमा तयार गरिएको चलचित्र “रातो टिका निधार” को पहिलो गीत आज सार्वजनिक गरिएकोछ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरी सार्बजनिक गरिएको सो गीत रवी मल्ल लेखेका हुन भने स्वर निशान भट्टराई तथा अश्मिता अधिकारीको रहेकोछ । कल्याण सिंहको संगित रहेको सो गीतको एरेन्जर दिक्षित पौडेलले गरेका हुन । चलचित्र “रातोटिका निधारमा” मा शम्भुजित बास्कोटाको पनि संगित रहेकोछ ।
यही आउने दशैमा प्रदर्शन हुने सो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन भने मित्र देव गुरुङले सम्पादन गरेका छन । निर्माता द्वय किरण शर्मा र कृति शर्माले निर्माण गरेको यस चलचित्रमा पहिलो पटक निर्देशक अशोक शर्माको छोराको अभिनय हेर्न सकिन्छ भने उनलाई साथ दिने प्रमुख नायिकामा साम्राज्ञी आर एल शाह रहेकिछिन भने यि दुई अलावा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेकोछ ।
राजेश हमाल र करिश्मा मानन्धरको अभिनय रहेको चलचित्र ” अल्लारे” को “रातो टिका निधारमा” बोलको गीत बाट बनाईएको सो चलचित्रलाई रि-एरेन्ज गरिएको हो ।