Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

वीरेन्द्र चौकको ईतिहास मेट्न लागेको भन्दै स्थानियले गरे गुनासो

  |  852 Views

सुर्खेत, असार ९ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुटु वीरेन्द्र चौकको ईतिहास मेट्न लागेको भन्दै स्थानियले गुनासो गरेका छन् । वर्तमान सरकारले राजा वीरेन्द्रको पालामा बनेको वा नामाकरण गरिएको वीरेन्द्रचौकको ईतिहास मेट्न लागेको भन्दै सर्वपक्षीय रुपमा नगर प्रमुख देवकुमार सुवेदीसँग भेटेर गुनासो पोखेका छन् ।

चौकको ईतिहासलाई भग्नाबशेस बनाएर पश्चिमा मुलुकको सँस्कार नेपालमा ल्याउने प्रयास भईरहेको स्थानीय भिम बहादुर शाहीले बताए । विदेशीको चलखेल कर्णालीबासीका लागी मान्ने नहुने र आफ्नो ब्यक्तिगत रकमबाट भए पनि वीरेन्द्रचौक निमार्ण गरेरै छाड्ने स्थानीय शाहिले जिकिर गरे ।

यसैगरी वीरेन्द्रनगर वडा नं ६ का अशोक थापाले  वीरेन्द्रचौक निमार्ण हुनुका साथै राजा वीरेन्द्रको शालिक राख्नुपर्ने बताए । यदी यसो नभई वीरेन्द्रनगर चौकको मर्म विपरित निमार्ण कार्य सुरुभएमा आन्दोलनमा उत्रीने समेत चेतवानी दिए ।

चौकको नाम वीरेन्द्रचौकनै रहनेगरि राजा बिरेन्द्रको शालिक राख्ने बिषयलाई सरोकारवाला सबैसँग छलफल गरिने वीरेन्द्रनगर प्रमुख देवकुमार सुवेदीको भनाई छ । चौकलाई सबै भन्दा पहिला निमार्ण गर्न जरुरी रहेको र शालिक राख्ने विषयलाई छलफलमा ल्याए पछि मात्र निस्कर्समा पुग्न सकिने नगर प्रमुख सुवेदीले जानकारि दिए।

राजा वीरेन्द्रले सुर्खेत उपत्यका मन परेर २०२९ सालमा शहरी योजनाविद् माधवभक्त माथेमालाई उपत्यकाको गुरुयोजना बनाउन लगाएका थिए । वीरेन्द्रको शालिक रहेको वीरेन्द्रचौक यति बेला भग्नावशेसमा परिणत भएको छ ।

प्रकाशित मितिः सोमवार, असार ९, २०७६     6:35:18 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *