Loading... 30 November 2020|   सोमवार, मंसिर १५, २०७७   

सहयोगका लागि याचना

  |  1297 Views

असार ७, सुर्खेत । महाबु गाउँपालिका–१, दैलेखकी ३० वर्षीया विनिता शर्माका परिवारले उनको उपचारमा सहयोग गर्न सबैसँग याचना गरेका छन् । सात महिनाअघि ब्रेन ट्युमरको शल्यक्रिया गर्दा जग्गाजमीन सकिएको भन्दै थप उपचारका लागि परिवारले याचना गरेका हुन् । शल्यक्रियापछि शर्मा दृष्टिविहीन बनेकी छिन् ।

गलत औषधिका कारण शर्मा दृष्टिविहीन बनेको परिवारको आरोप छ । अहिले उनी टाउको दुख्ने समस्याबाट समेत ग्रसित रहेको पति निरक शर्माले बताए । शर्माका अनुसार २०७५ मंसीरमा सिजी अस्पतालमा विनिताको शल्यक्रिया गरिएको थियो । ‘शल्यक्रियापछि थप स्वास्थ्य समस्या बल्झियो, उपचार गर्दा करिव १० लाख रुपैयाँ सकियो,’ उनले भने, ‘उपचारमा लागेको ऋण तिर्न सबै जग्गाजमिन समेत बेच्यौं, अहिले कोठा भाडा लिएर बस्दै आएका छौं ।’ उनले भाडा तिर्ने रकमसमेत आफूहरुसँग नभएको गुनासो गरे । उनीहरुका दुई छोराछोरी छन् ।

टाउको दुखिरहने समस्या भएपछि विनितालाई गत वर्ष दैलेखबाट सुर्खेतको देउती अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचार नहुने भनेपछि काठमाडौंको सिजी अस्पताल लगिएको हो । सिजी अस्पतालमा उनको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो । थप उपचारको लागि आर्थिक समस्या भएकोले सबैसँग सहयोगको याचना गरिएको शर्माले बताए । उनले उपचारमा प्रदेश सरकार र गाउँपालिकाले सहयोग नगरेको गुनासो गरे । विनिताको उपचारमा सहयोग गर्न इच्छुक व्यक्तिलाई सम्पर्क नम्बर ९८४८१३३३८३ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

प्रकाशित मितिः शनिबार, असार ७, २०७६     8:50:54 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *