| 574 Views
बुलबुलेखबर, काठमाडौ । सुमधुर गीत संगितका लागि प्रख्यात गायक सचिन रौनियार ले आफ्नो नयाँ गीत “माया सरर” सार्वजनिक गरेका छन । गायक रौनियारलाई अर्का चर्चित गायक जितेन लेप्चाले पनि साथ दिएका सो गीतको शब्द एवम संगित जितेन कै रहेको छ भने गीतको भिडियो लाई निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका हुन ।
एईट के मोसन पिक्चरले यू ट्युबमा राखेको “माया सरर” गीतको भिडियो लाई बिकास ज्ञवाली ले सम्पादन गरेका हुन भने छायांकनमा नबराज उप्रेतीको रहेको छ ।
गायक सचिन रौनियारले आँफै अभिनय गरेको सो म्युजिक भिडियोमा नायिका आँचल शर्मा संग कम्मर मर्काइ मर्काइ नाचेको देख्न सकिन्छ भने अर्का गायक जितेनको पनि अभिनय रहेको छ ।
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।