Loading... 30 November 2020|   सोमवार, मंसिर १५, २०७७   

पत्रकार महासंघले प्रधानमन्त्री लाई बुझायो हस्ताक्षर

  |  216 Views

असार ६, काठमाडौ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले शुक्रबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई सो विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर बुझाएको हो । प्रधानमन्त्रीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत सो विधेयक फिर्ताका लागि दवाव स्वरुप पत्रकारहरुले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाइएको महासंघका कार्यबहाक अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

महासंघले सो विधेयक फिर्ता लिन दवाव दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरुको हस्ताक्षर अभियान संकलन गरेको थियो । सोही हस्ताक्षर आज देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको हो । महासंघले सो विधेयक फिर्ता नलिएपछि आगामी असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । प्रेसमाथि अंकुश लगाउने गरी आएको सो विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि महासंघका कार्यबहाक अध्यक्ष पोखरेलले बताउनु भयो ।

प्रकाशित मितिः शुक्रबार, असार ६, २०७६     11:26:07 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *