Loading... 9 August 2020|   आइतवार, साउन २५, २०७७   

मध्यपश्चिम बिश्वबिध्यालयमा प्रहरी र बिध्यार्थी बिच झडप, एक प्रहरी घाइते

  |  1597 Views

असार ३, सुर्खेत । मध्यपश्चिम बिश्वबिध्यालयमा बिध्यार्थी र प्रहरिबिच झडप हुदा एक प्रहरी घाइते भएका छन ।

विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयको टि–सर्टमा काठ्माण्डौको निजि कलेजको बिज्ञापन गरेको भन्दै विद्यार्थीहरुले कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन् । प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई धरपकड गरेपछि झडप भएको हो।

झडपका क्रममा एक जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

आन्दोलनमा सहभागी दर्जनबढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिश्वबिध्यालयका पदाधिकारीहरुले विद्यार्थी बिनै बन्द कोठामा नवौं स्थापना दिवश मनाई रहेका छन् । कार्यक्रम भैरहेको सभाहलमा विद्यार्थीहरुलाई प्रवेश निषेध गरिएको छ ।

प्रकाशित मितिः मंगलबार, असार ३, २०७६     10:08:14 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *