Loading... 21 January 2021|   बिहिबार, माघ ८, २०७७   

फोरलेन सडकको कालोपत्रे गर्न शुरु, असारमै सक्ने लक्ष्य

  |  507 Views

सुर्खेत, २९ चैत्र । वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकको कालोपत्रे शुरु गरिएको छ । बसपार्कदेखी चाइनापुलसम्मको बाँकी रहेको सातसय मिटर सडक कालोपत्रे गर्न शुरु गरिएको हो ।

तीन चरणमा निर्माण शुरु गरिएको फोरलेन सडकको बसपार्कदेखी पश्चिम क्षेत्रको सातसय मिटर सडक ढल निकाशका कारण कालोपत्रे हुन बाँकी थियो । दोस्रो चरणमा तीनहजार दुईसय मिटर सडक कालोपत्रे सम्पन्न गर्ने जिम्मा स्वच्छन्द श्याम एण्ड शंकरले पाएको थियो । तर बजार क्षेत्र भएर बग्ने ढल खेर्के खोला र इत्राम खोलामै मिसाउनु पर्ने अडान स्थानीयले गरेपछि काम रोकिएको हो । वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सडक डिभिजन कार्यालयलेखबाट  यो क्षेत्रमा ढलको निकाश दिएपछि रोकीएको कालोपत्रेको काम मंगलबारदेखी शुरु गरिएको हो । सञ्चय कोषदेखी मुलपानी चौकसम्मको बाँकी दुई हजार पाँचसय सडक गत वर्ष नै कालोपत्रेको काम सम्पन्न भएको थियो । समयमै सडक कालोपत्रे नहुँदा पैदल यात्री र व्यापारीहरुले सास्ती झेल्नु परेको थियो । धुलाम्य र हिलोका कारण व्यापारीहरुले सडक तत्काल कालोपत्रे गर्न सडक अवरुद्ध समेत गरेका थिए । यो सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले भ्याट बाहेक १४ करोड बजेट छुट्याएको हो । ‘फोरलेन सडकअन्तरगत बसपार्क क्षेत्रमा वेश विछ्याउने काम शुरु भएको छ’ स्वच्छन्द श्याम एण्ड शंकर जेभीका प्रतिनीधि पदम खड्काले भने, ‘असार मसान्तसम्म सडक कालोपत्रे काम सक्नेगरी काम शुरु गरिएको छ ।’ नाली र ढल निकाशका लागि निर्माण सम्पन्न भएपछि सडकमा वेश विछ्याउने काम द्रुत गतिमा भइरहेको खड्काको भनाई छ ।

कुल ८ किलोमिटर फोरलेन सडकको पहिलो चरणको काम यस अघि नै सम्पन्न भइसकेको छ । बाँकी दोस्रो र तेस्रो चरणको काम आगामी असार मसान्तसम्म सक्नेगरी काम शुरु गरिएको खड्का बताउँछन् । मुलपानीदेखी बांगेशीमलसम्मको १ हजार ८ सय मिटर सडक कालोपत्रेको काम बाँकी छ । यो सडक खण्ड निर्माणको जिम्मा आशिष श्याम एण्ड शंकरले पाएको छ । झण्डै १५ करोड लागतमा निर्माणाधिन यो सडकमा वेश झार्न शुरु गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २९, २०७५     5:41:26 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *