Loading... 9 August 2020|   आइतवार, साउन २५, २०७७   

सार्वजनिक सुनुवाई सम्पन्न

  |  310 Views

फागुन, २७ । पाइनियर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विरेन्द्रनगर ३ सुर्खेतले बेमौसमी व्यवसायी तरकारी उप-आयोजनाको आज एक कार्यक्रमका बिच अन्तिम सार्वजनिक सुनुवाई गरेको छ ।

साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना रिजम एफपीको १९ लाख ९८ हजार १ सय १ रुपैया आर्थिक सहयोग र सहकारी संस्थाको २६ लाख ४९ हजार ९ सय ३६ रुपैया गरी जम्मा ४६ लाख ४५ हजार ३८ रुपैयामा उप आयोजना सञ्चालन भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा विरेन्द्रनगर ३ का वडा सदस्य रामकुमारी थापाले आजका दिन सम्मपनि तरकारीमा परनिर्भतामा रहनु पर्ने अबस्था भएकाले अबका दिनमा सम्पूर्ण व्यक्ति कृषि क्षेत्रबाट आर्थिक उन्नतिमा लाग्नुपर्नेे बताउनु भयो । उहाँले वडामा पनि कृषिक्षेत्रका लागी धेरै कार्यक्रमहरु आएकाले कृषि पेशामा राम्रो गरे वडा कार्यालयले सहयोग गर्न तयार भएको बताउनु भयो ।

यस्तै साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना रिजम एफपीका अधिकृत गोपाल बि.क.ले साना तथा मझौला कृषि विकास आयोजना दश जिल्लामा सञ्चालन भएको र सुर्खेत जिल्लामा ८ करोड लगानी गरिएको बताउनु भयो ।

सुर्खेतमा बजारीकरणको समस्या रहेको भन्दै आयोजनाले उद्योग वाणिज्य संघ सुर्खेत, बजार व्यवसायी र कृषक संग त्रिपक्षीय सम्झौता गरी बजारीकरणलाई संस्थाले सहज गराएको बताउनु भयो ।

सहकारी संस्थाले उप-आयोजना मार्फत कृषकहरुका लागि कृषि सामाग्री २२ वटा प्लाष्टिक घर, ६ वटा इनार, एउटा पावर टिलर, दुईवटा इलेक्ट्रोनिक तराजु, ५० वटा तरकारी क्यारेट लगायतका विभिन्न सामाग्री समेत हस्तान्तरण गरेको छ ।

प्रकाशित मितिः मंगलबार, फागुन २८, २०७५     11:57:05 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *