Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

रु.२५ हजारको चेकसहित फलफूल वितरण

  |  416 Views

सुर्खेत, ६ फागुन । ६९औं प्रजातन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले यहाँका ज्येष्ठ तथा बेसाहारा नागरिकहरुलाई फलफूल वितरण गरेको छ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज बीरेन्द्रनगर सुर्खेतस्थित प्रशान्ति वृद्धाश्रमका ज्येष्ठ तथा मानव सेवा आश्रममा आश्रय लिईरहेका बेसाहारा नागरिकहरुलाई फलफूल वितरण गर्नुभएको हो ।

फलफूल वितरण कार्यक्रममा कानूनमन्त्री भण्डारीले मानव समाजका ज्ञान, अनुभव र सीपका स्रोत तर जीवनको उत्तार्धमा पुगेका नागरिकहरुको खुशीका लागि प्रदेश सरकार सँधै संवेदनशील रहेको बताउनुभयो ।

“६९औं प्रजातन्त्र दिवसको अवसरमा हामीले सुख दुःख साटेका छौं,” उहाँले भन्नुभयो, “यहाँहरुको सामाजिक सुरक्षाका निम्ति पनि हामी सदैव तयार छौं ।” खासगरी मानव कल्याणकारी सेवामा कार्यरत प्रशान्ति वृद्धाश्रमका सचिव चेत अधिकारी र मानव सेवा आश्रमका कर्णाली संयोजक सृजना ओलीलाई मन्त्री भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यसैगरी, प्रजातन्त्र दिवसको अवसरमा भएको फलफूल वितरण कार्यक्रममा बीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सु्वेदीले मानव सेवा आश्रमलाई रु.२५ हजारको चेक व्यक्तिगतरुपमा सहयोग गर्नुभएको छ । उक्त कार्यक्रममा प्रमुख सुवेदीले यसअघि सहयोगका लागि गरेको संकल्प आज पुरा गर्ने अवसर मिलेको बताउनुभयो ।

उक्त फलफूल वितरणमा कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहित बीरेन्द्रनगरका नगर प्रम्ुख देवकुमार सुवेदी, मुख्यमन्त्री कार्यालयका सचिव यज्ञराज बोहारा, कानून मन्त्रालयका सचिव तोयनाराण सुवेदी, शाखा अधिकृत हितप्रसाद पौडेल, निमित्त प्रजिअ विनिता भट्टराई र जिल्ला निर्वाचन अधिकारी सुनिताकुमारी थापा सहभागी हुनुभएको थियो ।

प्रकाशित मितिः सोमवार, फागुन ६, २०७५     7:39:48 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *