Loading... 21 January 2021|   बिहिबार, माघ ८, २०७७   

फोहोर व्यवस्थापनका लागि ट्याक्टर खरिद

  |  382 Views

सुर्खेत, फागुन ४ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ ले वडाको फोहोर व्यवस्थापनका लागि ट्याक्टर खरिद गरेको छ । शुक्रवार विहानदेखि सो ट्याक्टरले वडाभित्रको फोहोर बोकेर विसर्जन गर्न थालेको छ ।

वडाअध्यक्ष निलकण्ठ खनालले शहरोन्मुख रहेको वडामा फोहोर बढ्दै गएको र बेलैमा व्यवस्थापनका लागि ट्याक्टर खरिद गरिएको बताए । उनले वडाकै करिव १९ लाखको बजेटबाट खरिद गरिएको ट्याक्टरले फोहोर व्यवस्थापन गर्न सहयोग पुग्ने जनाए । फोहोर व्यवस्थापनका लागि केही शुल्क लिइने उनको भनाइ छ । नगरपालिकाको ट्याक्टर फोहोर संकलनका लागि करिव १५ दिन पालो आउने गरेकोमा वडाको ट्याक्टरबाट अव प्रत्येक दिन फोहोर संकलन गरी व्यवस्थापन गर्ने वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष खनालले फागुन महिनाभर वडाका टोल विकास समितिहरुको सहयोगबाट फोहोर संकलन गर्दै विसर्जन गरिने र त्यसपछि कार्यविधि अनुसार शुल्क लिएर फोहोर उठाइने बताए । कार्यविधि अनुसार बढी फोहोर गर्नेले बढी र कम गर्नेले कम शुल्क तिर्नुपर्ने उल्लेख छ । एक सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।

यसैवीच शनिवार प्रदेश अस्पताल वरपरको सरसफाई गरिएको छ । वडाअध्यक्ष निलकण्ठ खनाल, अस्पताल विकास समितिका अध्यक्ष श्यामलाल कँडेल लगायत टोल विकास समितिहरु, एसओएस हर्मन माइनर विद्यालय, अस्पतालका स्वास्थ्यकर्मी एवं प्रहरीको सहयोगमा प्रदेश अस्पताल क्षेत्र, नजिकको सडकको फोहोर र झारपात सफा गरिएको छ । वडाअध्यक्ष खनालले सफा वडा निर्माणका लागि सवैसंग सहयोगको आव्हान गरेका छन् ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५     4:54:00 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *