
सुर्खेत, फागुन ३। सुर्खेतको बीरेन्द्रनगरमा जारी मुख्यमन्त्री रनिङ्ग सिल्ड भलिवल प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको सेमिफाईनल समिकरण पुरा भएको छ।
पुरुषतर्फ सुर्खेत, दैलेख, सल्यान र रुकम पश्चिम सेमिफाईनलमा प्रबेश गरेका छन।
समुह चरणको खेलमा जुम्ला र डोल्पालाई हराएको सुर्खेत क्वाटफाईनलमा कालिकोटलाई पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो।
आज भएको क्वाटफाईनलमा कालिकोटलाई २—१ को सेटले हराउदै सुर्खेत फाईनलनजिक पुगेको हो। यस्तै सल्यानले जाजरकोटलाई २ शुन्यको सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको छ भने दैलेखले जुम्लालाई २-१को सेटले पाखा लगाएको छ। यो संगै साविक कर्णाली अञ्चलका पाँचवटै टोली प्रतियोगिताबाट बाहिरिएका छन।
यसै बीच महिलातर्फ सुर्खेत, दैलेख, कालिकोट र रुकुम पश्चिमले सेमिफार्इनलमा आफ्नो स्थान सुरक्षित गरेका छन।
जिल्ला खेलकुद विकास समितिको मैदानमा भएको खेलमा सुर्खेतले सल्यानलाई, कालिकोटले जाजरकोटलाई, रुकुमले जुम्लालाई हराउदै सेमिफाईनलमा पुगेका हुन।
आज हुने सेमिफाईनल चरणका खेल बर्षाका कारण भोली सम्मका लागि स्थगित भएको नेपाल भलिवल संघका केन्द्रिय सदस्य मंगल श्रेष्ठले जानकारी दिनुभयो।
उहाँले भोली विहान ८ बजेबाट सेमिफाईनल र फाईनल चरणका खेलहरु संञ्चालन हुने बताउनुभयो। प्रतियोगिताको उपाधि विजेताले महिला पुरुष दुवैतर्फ समान एक एक लाख रुपैयाँ हात पार्ने छन्। यस्तै उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार हात पार्ने आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ ।