Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

दैनिक दिनको हिउँदे वर्षाले जनजीवन कष्टकर

  |  288 Views

दुर्गा वि.सी., सल्यान । सल्यानको पश्चिम क्षेत्रमा निरन्तर एक हप्ता देखि भैरहेको हिउदे वर्षाले जनजीवन प्रभावित पारेको छ । साथै पुर्वि सिम्ता गाउँपालिका काफलकोट लगाएतका क्षेत्रमा केहि दिन अघि भारि असिना पानीले किसानको खेतबारीमा लगाएको फलफुल, तरकारी र हिउँदेवालिमा ठुलो नोक्सानी गरेको छ ।

यता सल्यानको बनगाड कुपिण्डे नगरपालीकाको बनगाड जिउलामा लगाएको गहुँमा दिनुहु पानी पर्नाले गहुँवालीलाई असर गरेको वताएको छ । चिसो समयमा दैनिक दिन पानी परिरहँदा पशु चौपाए लगाएत स्थानीयलाई कष्टकर भएको छ । हिउँदे वर्षाले विद्यालयको पठन पाठनमा समेत असर गरेको छ । पानी पर्नाले अत्यधिक चिसो वढेकाले विद्यार्थीको पठनपाठनमा समेत असर पारेको छ । सिजनमा पानी नपरेर सिचाई नभएका पाखावारिहरु भने वाँझै छन् । यो समयमा पाखा वारिमा उत्पादन हुने गहुँ,मसुरो,चना,केराउ,तोरि लगाएतको हिउँदे वालिहरु कार्तिकमा वर्षा नभएकाले पाखावारि वाँझै छन् ।

किसानका लागि यो पालीको हिउँदे वर्षाले खासै फाईदा नगरको किसानहरु वताउँछन् । पानी परेर वातावणीय हिसावले ठिक भए पनि किसानका लागि हितकर नभएको कृषि कार्यालयका कर्मचारीहरुको भनाई रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     5:58:06 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *