Loading... 9 August 2020|   आइतवार, साउन २५, २०७७   

लायन्स क्लबद्धारा बिद्यालयलाई ५५५ थान पुस्तक सहयोग

  |  321 Views

माघ, ४ सुर्खेत । लायन्स क्लबका संस्थापक एवंम् लायन्स जगतका पीता मेल्भिन जोन्सको १४० औं जन्म दिनको अवसरमाको चौथो दिन बिहिबार सुर्खेत जिल्लास्थित  लायन्स क्लब अफ सुर्खेत, लायन्स क्बल अफ काक्रेबिहार, बुलबुले, भ्याली, वीरेन्द्रनगर, शिबबिहार, सिद्धपाईला, मध्यपश्चिम र लायन्स क्लब अफ कर्णाली र लायन्स क्लब अफ सिटीले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी वीरेन्द्रनगर नगरपालिका वडा नं १९ उत्तरगंगामा रहेको श्री सरस्वती निम्न माध्यमिक बिद्यालय रागसपाईला सुर्खेतलाई ५५५ थान पुस्तकहरु सहयोग गरेको छ ।

पुस्तक सहयोग कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेष अतिथि एवंम् रिजन चियर पर्सन हरिहर बस्नेतले पुस्तक बिधार्थीहरुका लागी मात्र नभई सर्वसाधारणका लागी पनि उपयोगी हुने बताउनु भएको छ । बस्नेतका अनुशार २१औं शताब्दीमा पुगीसक्दा पनि, हामीहरुले घांटी मुनि भन्दा पनि घांटी माथी बिकास गर्नु पर्ने अवस्थामा रहेको हुदा यो बिकास पुस्तकबाट मात्रै सम्भव हुने भएको हुदा पुस्तक सबैका लागि ज्ञानको भण्डार हो ।

कार्यक्रमका प्रमुख अथिती डिस्ट्रिक एडभाईजर एमजेएफ लायन्स टिकाराम चपाईले बिश्वभर अन्तराष्टि«य क्षेत्रमा २१६ वटा देशमा लायन्स क्लबहरु स्थापन भईसकेको र सप्ताव्यापी रुपमा अनाथ, असाहय, दुखि, बालबालिकाहरुलाई सेवा भावका साथ सहयोग गर्ने कार्यक्रम अन्तर्गत सुर्खेत जिल्लामा स्थापना भएका १४ वटा क्लबहरु अन्तर्गत आज पुस्तक हस्तान्तरण कार्यक्रमको आयोजना गरीएको जानकारी दिदै यस बिद्यालयमा थप पुस्तक बृद्धिका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

श्री सरस्वती निम्न माध्यमिक बिद्यालय, रागसपाईला सुर्खेतका प्राचार्य खड्क प्रसाद गौतमले बिधार्थीहरु र अग्रज व्यक्तिहरुका लागी पुस्तक प्रेरणादायिक हुने भएको हुदा शिक्षा क्षेत्रमा सहयोग गर्ने सम्पूर्ण जिल्ला स्थीत लायन्स क्लब र सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष लायन्स दलबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरु डिस्ट्रिक अफिसर एमजेएफ किशोर रेग्मी, एमजेएफ जगतबहादुर शाह, डिस्ट्रिक अफिसर मिलन श्रेष्ठ, डिस्ट्रिक अफिसर बालकृष्ण श्रेष्ठ, डिस्ट्रिक अफिसर भद्र भण्डारी, क्लब चियर पर्सन बिनु सि भाष्कर, नागरिक दैनिक कर्णाली प्रदेशमा व्यूरो नगेन्द्र उपाध्याय, लायन्स क्लब अफ वीरेन्द्रनगर सुर्खेतका बिजनेश डाईरेक्टर कृष्णा भण्डारी, लायन्स क्लब अफ सुर्खेत शिबबिहारका प्रथम उपाध्यक्ष शुभाष श्रेष्ठ, लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अरुणबहादुर शाही, योगेन्द्र शाही, मोहन पौडेल, लगाएतको उपस्थित रहेको थियो ।

लायन्स क्लब अफ सुर्खेत बुलबुलेका सचिव लायन्स कृष्णप्रसाद ढकालले सहजीकरण गर्नु भएको कार्यक्रममा लायन्स बिनु सि भाष्करले स्वागत मन्तव्य सहित अन्तराष्टि«य लायन्स क्लब अफ ३२५ बी २ को रु ५० हजारको आर्थिक सहयोग साथै जिल्ला स्थीत न्यू बिहानी पुस्तक पसल, हाम्रो पुस्तक पसल, न्यू प्रभात पुस्तक पसल र अल्फा स्टेशनरीको रु १० हजार बराबरको सहयोग गरी करिब ५५५ थान पुस्तक हस्तान्तरण गरिएको जानकारी समेत दिनु भयो ।

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     11:16:45 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *