Loading... 16 May 2021|   आइतवार, जेष्ठ २, २०७८   

नकरात्मक सोचले देशको विकास हुदैँन्ः मन्त्री भण्डारी

  |  798 Views

कालिकोट । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नकरात्मक सोचले विकासले विकास नहुने बताएका छन् । मन्त्री भण्डारीले कालिकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल बनाउन पहलका लागि अभियान उद्घाटनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

देशको विकासका लागि सबै नागरिक एक हुनुपर्ने र ‘नकरात्मक सोचले देशको विकास नहुने मन्त्री भण्डारीले बताए । ‘खुट्टा तान्ने प्रवृतिले देशको विकास हुदैँन् ।’ उनले भने, ‘देश विकासका लागि सबै एक भएर लाग्नुपर्छ ।’
कर्णालीमा अहिले बिरामीको उपचारका लागि डोको र आकाशमा जहाज कुर्नेपर्ने बाध्यता रहेको त्यसको अन्त्य गर्न प्रदेश सरकार लागेको मन्त्री भण्डारीले बताए । ‘अहिले कर्णाली प्रदेशमा बिरामीको उपचारका लागि डोको र जहाज कुनुपर्ने बाध्यता रहेको छ ।’ उनले भने,‘त्यसको अन्त्यका लागि प्रदेश सरकार लाग्नेछ ।’ 

अस्पताल बनाउनका लागि १ करोड रुपैयाँ संकलन भइसकेको अस्पतालका निर्माणका अभियन्ता डा. मुकुद ढकालले बताए । ‘अहिले हामीले १ करोड रुपैयाँ अस्पताल बनाउनका लागि जम्मा गरिसकेको छौं ।’ उनले भने,‘अस्पताल बनाउनका नगरपालिकाले सहयोग गरेको छ ।’

अस्पताल संचालनका लागि रबि लामिछानेले सबै जिम्मा लिएको डा. ढकालले बताए । ‘यो अस्पताल बनाउनका लागि अब पत्रकार रबि लामिछाने लिनुहुन्छ ।’ उनले भने,‘वहाँमार्फत अब सबै काम हुनेछन् ।’

रास्कोट सामुदायिक हस्पिटल बनाउँछौंः रवि लामिछाने

रास्कोट सामुदायिक अस्पताललाई नमुना डिजिटल अस्पताल रुपमा विकास गरिने रवि लामिछाने बताएका छन् । लामिछानेले अस्पताल बनाउनका लागि पार्टीको झण्डा नबोक्न आग्रह गरे । ‘कुनै पार्टीको झण्डा नबोक्न सबैलाई आग्रह गर्छु ।’ उनले भने,‘पार्टीको झण्डा बोकेर राजनीति नगर्न सबैलाई आग्रह गर्दछु ।’

तीन तहका सरकार एक, हामी एक भएर लाग्यौं भने सोचेभन्दा चाडै अस्पताल बन्ने लामिछानेले बताए । ‘तीन तहका सरकार एक, हामी एक हिस्सा सहयोग गर्न तयार छौं ।’ उनले भने,‘त्यसो भयो चाडैभन्दा चाडै बनाउन सक्छौं ।’

प्रकाशित मितिः शनिबार, पुस २८, २०७५     6:29:13 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।