Loading... 20 October 2020|   बुधबार, कार्तिक ५, २०७७   

हिमाल यातायात व्यवसायी सघंको दोस्रो साधारण सभा सम्पन्न 

  |  438 Views

सुर्खेत, पुष २८ । हिमाल यातायात व्यवसायी सघंको दोस्रो साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी नेपाल राष्ट्रिय यातायात महासंधका अध्यक्ष योगेन्द्र कर्माचार्यले गर्नु भएको थियो ।

महासंधका अध्यक्ष कर्माचार्यले अब चाँडैनै प्रदेश र जिल्लाहरुमा यातायात समितीको गठन गरीने भन्दै समग्र यातायात व्यवसायीलाई जोगाउन सबैे एक हनुपर्ने बेला भएको बताउनु भयो । आफ्नो पेशा सुरक्षित गर्दै व्यबसाय अगाडि बढाउनु पर्ने बताउदै पहाडका अफ्ठ्यारा बाटाहरुमा ट्राफिक सचेतना बोर्ड राखी जनचेतना अभिबृद्धि गर्न स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

संघका अध्यक्ष खगेन्द्र प्रसाद शर्माको सभापतित्वमा सम्पन्न सभामा संघका कोषाध्यक्ष कर्ण बहादुर शाहिले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । संघले आर्थिक वर्ष ०७४÷०७५ सम्म कुल ४६ लाख २६ हजार ४ सय ७९ रुपैया कारोवार गरेको  छ । दोस्रो साधारण सभाको अवसरमा संस्थाले विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिलाई सम्मान गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय यातायात महासंघका महासचिब पूण्र्य प्रसाद सिटौला, सुर्खेत उद्योग वाणिज्य महासंघका अध्यक्ष धनबहादुर रावत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मितिः शनिबार, पुस २८, २०७५     3:11:48 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *