Loading... 22 September 2020|   बुधबार, असोज ७, २०७७   

विश्वविद्यालय विधि विपरित चल्यो : स्वबियु

  |  684 Views

मंसिर ३, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालय विधि विपरित चलेको आरोप लगाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै स्ववियुले साे कुरा बताएको हो । युनियनले विश्वविद्यालयले विधान विपरित गरेका निर्णयहरु खारेजको माग समेत गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विवेक आचार्यले दलदलमा फसेको विश्व विद्यालयलाई सही तरिकाले अघि बढाउन सहयोग गर्नुपर्छ भनेर सहयाेग गरिरहेकाे भए पनि विश्वविद्यालय विधि विपरित चलेको आरोप लगाएका छन् । उनले विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र कुमार मल्लको अनुपस्थितिमा कार्यकारी बैठक बसेर उपकुलपतिले केही नियुक्ति गरेको भन्दै आपत्तिसमेत जनाए । रजिष्ट्रार मल्लको उपस्थिति बिना गरिएको क्याम्पस प्रमुखहरुको नियुक्ति, परीक्षा नियन्त्रण प्रमुख, सहप्रमुख, कानुन संकायको डाइरेक्टरको नियुक्ति गरिएकोमा उक्त नियुक्ति खारेजीको माग गरेका छन् । उनीहरुले नेपालमै नभएको घटना मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएकाले नियम भन्दा बाहिर गरेर गरिएका सबै निर्णयहरु सच्याउनु पर्ने माग गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको आन्दोलनको ५७ दिन भएको भन्दै युनियनले आफ्नो माग पुरा नहुन्जेलसम्म अान्दाेलन चलिरहने बताएका छन् ।

पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही र वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलालले कार्यकारी परिषद्को बैठक र परीक्षा व्यवस्थापन सहप्रमुखको नियुक्तिको सम्बन्धमा लिखित रुपमा पेश गरेकाे कानुनी राय प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः सोमवार, मंसिर ३, २०७५     6:56:09 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *