Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

‘बोबी’को प्रोमो रिलिज

  |  989 Views

असार २९ गते रिलिज हुने फिल्म ‘बोबी’को प्रोमो रिलिज भएको छ । प्रोमोमा रियल कपल कविता गुरुङ र उमेश थापाको रियल प्रेम, संघर्ष र सफलताको कथाको झलक देखाइएको छ ।

मिलन चाम्सले निर्देशन गरेको फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन, ताराप्रकाश लिम्बुको संगीत र निर्देशक चाम्सको निर्माण छ ।

प्रकाशित मितिः मंगलबार, असार १२, २०७५     6:02:25 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *