Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

काउन्टर हटाएकोमा सिद्धापाईलाको चर्को विरोध

  |  660 Views

सुर्खेत, ११ असार । प्रहरी प्रशासनले काउन्टर हटाएर आफ्ना पदाधिकारिलाई मुद्दा लगाउने धम्की दिनु  सिन्डिकेट लाई प्रोत्साहन गरेको सिद्धापाईला यातायात सेवा प्रा.लि.ले बताएको छ ।

सोमवार वीरेन्द्रनगर सुर्खेतमा सिद्धापाईला यातायात सेवा प्रा.लि.ले पत्रकार सम्मेलन गर्दै आफुहरुको काउण्टर प्रहरी प्रशासनले हटाएको भन्दै त्यसको विरोध समेत गरेको छ ।
प्रहरी आँफैले सिन्डीकेटलाई प्रोत्साहन गरेको भन्दै यातायात सम्वद्ध कर्मचारीले स्वतन्त्र रुपमा यातायात सञ्चालन गर्न पाउने हकको उल्लंघन गरेको बताए ।

वीरेन्द्रनगरमा रहेक साना गाडी र अटोरिक्सा संचालनमा ल्याएको सिद्धापाईला यातायात सेवा प्रा लि को काउण्टर प्रहरी प्रशासनले हटाएर मजदुर समेतलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रहरीको यस किसिमको कार्यको विरोध गर्दै यातायातले आँफुहरुलाई काउन्टर राख्न दिनुपर्ने र नभए आँफुहरुले कडा आन्दोलन गर्ने समेत जनाएको छ ।
सिद्धापाईला यातायात सेवा प्रा लि को सम्पर्कमा रहेर झन्डै ३ सय ५० साना गाडि र अटो चल्ने गरेको अध्यक्ष वनले बताएका छन् ।

यता सुर्खेत प्रहरीले भने ट्राफिक प्रहरी विट नजिकै काउन्टर राखिएकाले त्यसलाई हटाइएको जनाएको छ । सुर्खेत प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदीले पटक–पटक काउन्टर नराख्न अनुरोध गर्दा समेत अटेर गरेकाले त्यसलाई हटाई यातायात सम्वद्ध कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए । ट्राफिक प्रहरी प्रमुख हरिबहादुर वि.सी.ले आँफुहरुले यातायातमा कुनै पनि सिण्डिकेट नलगाइएको उल्लेख गर्दै आँफुहरुले व्यवस्थापनमा समस्या हुने देखेर काउन्टर हटाउन लगाएको बताए ।

प्रकाशित मितिः सोमवार, असार ११, २०७५     10:24:19 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *