Loading... 1 December 2020|   मङ्लबार, मंसिर १६, २०७७   

चैत्र महिनाको राशिफल

  |  804 Views

मेष: धार्मिक तथा सदभावको यात्रा रहला।आर्थिक संकट चिर्दै अघि बढ्नु पर्नेछ। ब्यापारमा भने लाभ रहला।
शुभ अक: ७ शुभ रङ: रातो।
बृष: समस्याहरु किनारा लाग्नेछन। आर्थिक वृद्धि हुनेछ। माया-प्रेममा असमझदारी देखा पर्नेछ।
शुभ अक :९ शुभ रङ:मिश्रित पहेंलो ।
मिथुन: केहि दौडदुब भयपनी आर्थिक अबस्थामा मज्बुती आउने छ। रमाइलो यात्रा र मिस्ठान्न भोजनको प्राप्ति हुनेछ।
शुभ अक: ३ शुभ रङ: हरियो।
कर्कट: समय सोच बेगरको रहला। मन-मुटावका साथै झै-झगडाको सामना गर्नु पर्नेछ। महिनाको अन्तमा सुखद समाचार सुन्ने पाइयला।
शुभ अक: २ शुभ रङ:आकाशे ।
सिंह: स्वास्थमा बाधा उत्पन्न रहेपनि दोश्रो साताबाट सुधार आउला। खान-पिन र यात्रामा सजकता अपनाउनु पर्नेछ।
शुभ अक: १ शुभ रङ: मिश्रित पहेंलो ।
कन्या: अध्यन-अध्यापनमा प्रगति हुनेछ। नयाँ मित्रहरूको साथ रहला। समय सुखद रहनेछ।
शुभ अक: ३ शुभ रङ: बैजनी ।
तुला: समय ब्ययकारक रहेको छ। लगानीमा चुनौती थपिनेछ। आफन्त र घर परिवारमा दुबिधा उत्पन्न होला।
शुभ अक: ८ शुभ रङ: निलो ।
बृश्चिक: कारोबारमा फाइदा होला। प्रेमको बिषयमा मामिला आइपर्ला। कुनै पनि निर्णय ढिलो लिदा लाभ रहला।
शुभ अक: ६ शुभ रङ: हल्का रातो ।
धनु: सबैभन्दा बिश्वास गरियको ब्यक्तिबाट धोका होला। मान-सम्मानमा आघात पुग्नेछ। मनको खिन्नतालाइ टाढै राख्दै अघि बढ्नुहोला।बढ्नुहोला ।
शुभ अक: ९ शुभ रङ: सेतो ।
मकर: कामबाट फुर्सद मिल्नेछ। घर-परिवारमा सुखद पलहरु भित्रीनेछन। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ।
शुभ अक:७ शुभ रङ: गुलाबी ।
कुम्भ: समस्या देखा परेपनी संकट टर्नेछ।दीगो योजना बनाउने समय रहेको छ। आर्थिक उन्नतिको लागी समय कुर्दा राम्रो होला।
शुभ अक: ५ शुभ रङ: फिक्का पहेंलो।
मिन: सन्तानबाट सुखानुभुती हुनेछ। घरायसी किचलो भय पनि समय भने आफ्नै पक्षमा पाउनु हुनेछ।
शुभ अक:३ शुभ रङ: सेतो ।
श्रोत:-राज ज्योतिषालय तथा वास्तु परामर्श केन्द्र,सुर्खेत।
(देउती नर्सिङ होमसगै जोडिएको भवन)
सम्पर्क:- आदित्य राज उपाध्याय(युवा ज्योतिषी) (९७४८०१४९१४)

 

प्रकाशित मितिः बिहिबार, चैत्र १, २०७४     8:35:44 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *