Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

कर्णाली प्रदेशलाई अपाङ्गमैत्री र महिलामैत्री बनाईने : कार्यबाहक मुख्यमन्त्री ज्वाला

  |  350 Views

सुर्खेत, २५ फागुन । कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई अपाङ्गमैत्री र महिलामैत्री बनाउने घोषणा गरेका छन । मुख्यमन्त्री ज्वालाले विहिवार वीरेन्द्रनगरमा भएको १०८ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा सो कुराको घोषणा गरेका हुन् । उनले कर्णाली प्रदेशका पिछडिएका महिला तथा बालबालिका, पिछडिएका समुदायका लागि सोच्ने समय आएको छ भन्दै उनिहरुका अधिकारका लागि प्रदेश सरकारले हेर्ने बताए ।

मुख्यमन्त्री ज्वालाले प्रदेश सरकारमा मात्रै नभएर अहिले मुलुकमा महिलाहरुको ३३ प्रतिशत सहभागिता भएको भन्दै अझै उनिहरुलाई ५० प्रतिशत भन्दा बढी सहभागिता दिइने प्रतिवद्धता जनाए । पहिले चुलोचौकोमा मात्रै सिमित हुने महिलाहरु अहिले आएर हरेक कुरामा ३३ प्रतिशत सहभागिता जनाएको भन्दै मुख्यमन्त्री ज्वालाले महिलाहरुको संघर्षको फलकोे संज्ञा दिएका छन् । उनले कर्णाली प्रदेशलाई सुन्दर र समृद्ध गराउनका लागि आफु तत्परताका साथ लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

सामाजिक विकास मन्त्री दल रावलले २००७ साल यता महिलाहरु आत्मसातका साथ अघि बढिरहेको बताए । मन्त्री रावलले महिलाहरुका अधिकारलाई सुनुश्चित गर्नका लागि प्रदेश सरकारले आफ्नो दायित्व पुरा गर्ने जनाए । उनले अबको ११५ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाईरहेका बेला महिलाहरु शिक्षा, स्वास्थ्य, आर्थिक र राजनीतिक कुराहरुमा अब्बल सहभागिता जनाउने विश्वास व्यक्त गरे । दलित, गरिबी, निरक्षर र पिछडिएका महिलाहरुलाई कसरी परिवर्तन गर्ने भन्नेबारेमा योजनावद्ध तरिकाले अघि बढ्ने सामाजिक मन्त्री रावलले जनाए ।

सांसद सीता नेपालीले प्रदेश स्तरमा महिलाहरुका लागि कानुनको व्यवस्था गर्ने प्रतिवद्धता जनाएकी छन् । उनले सामाजिक रुपान्तरणका लागि आर्थिक सशक्तिकरणको आवश्यकता रहेको भन्दै कर्णाली प्रदेशका विकासका लागि महिलाहरुको पनि समृद्धि र विकास हुन जरुरी रहेको बताइन् ।

प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले पछिल्लो समयमा हरेक कुराहरुमा महिलाको राम्रो सहभागिता भएको भन्दै महिलाको भुमिका प्रंशसनिय भएको बताए । महिलाहरुले पनि पुरुष सरह काम गर्न सक्छन् भन्दै महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । उनले सरकारमा मात्रै नभएर प्रदेश सरकारमा पनि महिलाहरुको सहभागिता भएकाले महिलाले पनि पुरुष सरह काम गर्न सक्छन भन्ने चुनौती दिएको बताए ।

प्रकाशित मितिः शुक्रबार, फागुन २५, २०७४     7:49:52 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *