Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

९८ हजार घुस सहित वन रक्षक रंगेहात पक्राउ

  |  457 Views

माघ१५, सुर्खेत ।
सुर्खेतको ईलाका वन कार्यालय मेहलकुनाका वन रक्षक हरिलाल राना क्षेत्रीलाई घुस सहित रंगेहात पक्राउ गरीएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले इलाका वन कार्यालय मेहलकुना घारीमा कार्यरत वन रक्षक हरिलाल रानाले सेवाग्राही वाट ९८ हजार घुस लिईरहेको अवस्थामा स्थानिय एक होटलवाट रंगेहात पक्राउ गरीएको हो।

गुर्भाकोट नगरपालिका वडा नं ६ नक्कले भन्ने स्थानवाट नियन्त्रणमा लिईएको ६९.९ क्यु . फिट काठ र २ं५८ टुनीको अवैध काठको मुद्धा मिलाईदिने , काठ छुटाईदिने र माग गरेको रकम नदिए सवै गाउँ वासीलाई मुद्धा चलाउने धम्की सहित घुस लिँदै गर्दा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले जानकारी दिए ।

वन रक्षक क्षेत्रीले घुस स्वरुप रकम माग गरेको सूचना तथा उजुरीको आधारमा छापा मार्दा वन रक्षक घुस रकम सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रमुख पन्थले बताए।

प्रकाशित मितिः सोमवार, माघ १५, २०७४     9:36:19 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *