Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

पूर्वाधारबिनै विद्यावारिधिको कार्यक्रम सुरु

  |  343 Views

 

सुर्खेत, माघ १२ । शैक्षिक÷प्रशासनिक अस्तव्यस्ताका बीच मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले विद्यावारिधि (पिएचडी) कार्यक्रमको सुरुवात गरेको छ । उच्च शिक्षाका अन्य कार्यक्रमहरु व्यवस्थित गर्न नसकेको आरोप लगाइरहेका बेला एमयूले पूर्वाधारबिनै विद्यावारिधिको कार्यक्रम सुरु गरेको हो ।

एमयूले प्रदेश प्रमुख दुर्गाकेशर खनाल तथा प्रदेशका सांसदहरुलाई सम्मान गर्न शुक्रबार आयोजित कार्यक्रममा पिएचडी शुभारम्भ भएको जनाएको हो । व्यवस्थापन संकायका डिन डा. मस्तबहादुर गरञ्जाले पहिलो दिनमै तीन विद्यार्थीको प्रस्तावना पेश भैसकेको बताए । विद्यावारिधि अध्ययनका लागि प्रस्तावना पेश गर्नेमा पूर्णमान श्रेष्ठ, जीतबहादुर शाह र राजेन्द्र महर्जन छन् । विद्यावारिधी शोधार्थीहरुको निर्देशकको रुपमा कार्य गर्न त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरुलाई यहां निम्त्याइएको छ ।

प्राज्ञिक क्षेत्रका अगुवाले पूर्वाधार, जनशक्ति बिनै पिएचडी सुरु गर्नु सस्तो लोकप्रियताका लागि मात्र भएको आलोचना गर्न थालेका छन् । पूर्व डिन पीताम्बर ढकालले आवश्यक तयारीबिनै पदाधिकारीले चर्चा कमाउन विद्यावारिधि सुरु गराएको टिप्पणी गरे । प्रदेश प्रमुख खनालले विश्वविद्यालय स्थापनाका लागि १७ पटक काठमाडौंमा डेलिगेसनमा गएको स्मरण गर्दै पिएचडी सुरु गर्नु प्रदेशबासीका लागि गौरव भएको बताए । उपकुलपति प्रा.डा.उपेन्द्र कोइरालाले विश्वविद्यालयले कानुन, कृषि, नर्सिङ, जडिबुटी, फिजियोथेरापी, मेडिकल ल्याब लगायतको पाठ्यक्रम तयार गरिरहेको जनाए ।

प्रकाशित मितिः शुक्रबार, माघ १२, २०७४     5:56:30 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *