Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

अभिनेता श्रीदेव भट्टराई “नजाउ न छोडी मलाई” भन्दैछन

  |  509 Views

काठमाडौं । अहिलेसम्म ७ वटा नेपाली चलचित्र र ४५ वटा भन्दा बढी गीतको म्यूजिक भिडियोमा अभिनय गरिसकेका चर्चित नायक श्रीदेव भट्टराईले अव गायनमा पनि फड्को मारेको छन ।
अव नायकमा मात्र सिमित नरहेका भट्टराई “नजाउ न मलाई छोडि मलाई” भन्दै आफ्नो सुमधुर आवाज समेत भरेका छन ।
भविन्द्र तामाङद्वारा निर्देशित यस म्यूजिक भिडियो “नजाउ न छोडी मलाई” गीतको संगीत स्वयम् गायक भट्टराईले गरेका हुन् भने शब्द निर्मला शर्माको रहेको छ ।
गायक तथा नायक भट्टराईको आवाजमा तयार भएको यो पहिलो आधुनिक गीतको म्यूजिक भिडियोको सम्पूर्ण छायांकन कतारमा गरिएको हो भने यसमा म्यूजिक एरेञ्जर मनोज चौलागाईको रहेको छ ।
“युट्यूव च्यानेल मार्फत सार्बजनिक गरिएको “नजाउ न छोडी मलाई” म्यूजिक भिडियोलाई तपाई विश्वमा जहाँ हुनुहुन्छ त्यहीबाट हेर्न सक्नुहुन्छ।”
गायक भट्टराई भन्छन ।

https://youtu.be/VQetRe875SE

प्रकाशित मितिः सोमवार, माघ ८, २०७४     12:17:46 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *