Loading... 15 May 2021|   आइतवार, जेष्ठ २, २०७८   

“विरेन्द्रनगरलाई यसरी बनाउँ धार्मिक केन्द्र “

  |  1210 Views

माघ ८, सुर्खेत । कुनै पनि ठाउँ एतिहासिक, धार्मिक, कला, संगीत र साहित्यले भरिपुर्ण हुने गर्दछ। त्यस मध्य एक हो विरेन्द्रनगर । यो ठाउँ प्रदेशको राजधानी मात्र नभएर सबै जिल्लाको संगम स्थल पनि हो। यहाँका चर्चित धार्मिक एबं आस्था र इतिहास बोकेका ठाउँ देउती बज्यै, शिव, राम, गणेश, शंकर मन्दिर त्यसैगरी बुलबुले र बराह तालले पुरै भ्याली देखिने घन्टाघर अनि अंधेरी र सात तले गुफाले सम्मार र जिर्णोधार मागी रहेका छन। सयौं र हजारौं बर्षको ऐतिहासिक र धार्मिक पहिचान बोकेका यस्ता स्थलहरु अहिले बडो नाजुक स्थितीमा छन।

विरेन्द्रनगर आफैमा एक इतिहास र धार्मिकता बोकेको थलो हो । बर्सेनि लाग्ने विभिन्न मेला, उत्सव र चाडपर्वले यस्को रौनक अझै बढाउने गर्दछन। चाहे त्यो नयाँ बर्ष, दशै, माघे संक्रान्ती वा अरु विभिन्न पर्बनै किन नहुन ।यहाँको अनुपम सौन्दर्यता, प्राकृतिक हावापानी र लेक-बेसिको रमाइलो काखमा सबै दङ्ग पर्ने गर्दछन।

सिद्धबाबाको पाइला होस या कांक्रेबिहारको इतिहास वा भनौं देउती बज्यैंको इतिहास सबै बडो चाख लाग्दा छन।तर बिडम्पना यती हुँदा हुँदै पनि हामी आफैमा केहि नभएको जस्तो गर्दैछौँ। कुनै एक मनको इच्छा मागे पुरा हुने देउती बज्यैं मन्दिरमा दर्शनार्थी, शिवरात्रीमा हुने शिव मन्दिरको भिड, गणेश चतुर्थी र प्रत्येक मङलबार हुने गणेश मन्दिरमा जन आस्थावानहरुको लहर, इतिहास बुझ्ने र प्रत्यक्ष अबलोकन गर्ने मनसाय भएका आन्तरिक र बाहिय्य पर्यटकहरुको कांक्रेबिहार यात्रा कम्ता तारिफ योग्य कुरा बनेको छ। यस्ता चिजबिज र अनेकौं महत्त्व बोकेका धरोहरलाई हामिले चटक्कै माया मारे जस्तो भाको छ।

भनिन्छ नि, नजिकको तिर्थ हेलाँको भनेर तेस्तै नजरको सहायताले मनै भरिने गरि भ्याली हेर्न सकिने घन्टाघरले समय र रक्षा गरिदिन आग्रह गर्दै छ, देउती बज्यैं मन्दिर आफ्नो ख्याति र उचित रेखदेख माग्दै छ, शिव मन्दिर भाङ र गाजा मात्र नभइ आस्था र सम्भार माग्दै छ। यति मात्र कहाँ हो र प्रत्येक ताल र गुफाले आफ्नो स्वतन्त्र भु-भाग र अस्थित्व मागी रहेका छन तर ध्यान दिने निकायको कान र ध्यान गायब छन्। सुर्खेतको बढ्दै गएको जनसंख्या र अब्यबस्थित शहरीकरणको चपेटामा यस्ता धार्मिक र ऐतिहासिक थलो परेका छन्। बढ्दै गरेको जनसंख्या र दिननुदिन आबश्यक पर्ने एउटा होमन कुण्ड सहितको ठुलो मन्दिर जहाँ बिबाह, ब्रतबन्ध, सप्ताह, पुराण, रुद्री जस्ता कर्मकाण्डिय कार्य र धार्मिक महोत्सव एबं कार्यक्रम गर्ने ठाउँको माघ बढ्दै छ। जन-जनलाइ आफ्नो संस्कृति, धर्म, भेषभुसा, रौनक र इतिहास जिवित राख्न पनि यस्ता ठाउँको उचित सम्भार, रेखदेख र पहिचान नमासिने गरि यिनिहरुको मर्मत गर्नु जरुरी छ।

हाम्रो इतिहासनै हाम्रो पहिचान हो, त्यसैले यस्ता धार्मिक, आध्यात्मिक, पुरातात्त्विक चिज र यिनिहरुको बैज्ञानिकता जन मानससम्म छर्लङ्ग पार्नु आजको आवश्यकता हो। हाम्रै शान, पहिचान र गौरव गर्ने यस्ता क्षेत्रको रक्षाले मात्र विरेन्द्रनगरलाई धार्मिक-सांस्कृतिक समृद्धताको केन्द्र बनाउन सकिन्छ।

-आदित्य राज उपाध्याय (युवा ज्योतिषी)

प्रकाशित मितिः सोमवार, माघ ८, २०७४     3:21:49 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।