माघ ७, २०७४ । प्रदेश नम्वर ६ का प्रत्यक्ष तथा समानुपातिक प्रदेशसभा सदस्यहरुले इश्वरका नाममा पद तथा गोपनियताको सफथ ग्रहण गरेका छन् ।
प्रदेश नम्वर ६ को अस्थायी मुकाम सुर्खेतस्थित जिल्ला समन्वय समितिको सभा हलमा प्रदेश सभाका ४० जना सदस्यले सफथ लिएका हुन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सभाका जेष्ठ सदस्य हिमबहादुर शाहीलाई सफथ गराएपछि शाहीले अन्य सदस्यहरुलाई इश्वरका नाममा सफथ ग्रहण गराउनु भएको हो । सफथ कार्यक्रममा प्रदेश प्रमुख खनालले देश नयाँ संरचनामा जाँदा निकै चुनौतिहरु हुने भएकाले त्यसको सामना गर्न बुद्धिमत्ताका साथ अघि बढ्नु पर्ने बताउनुभएको छ ।
सभासदहरुले ६ प्रदेशका दश जिल्लाको विकासकालागि सडक सञ्जालले जोड्नु पर्ने बताएका छन् । कर्णालीका सवै जिल्लालाई सडकले नछोएको कारण पहिलो प्रथामितामा सडकलाई राख्नु पर्ने सांसदहरुले बताए । उनीहरुले संविधान अनुसार सरकार गठन प्रक्रिया थालिने समेत बताएका छन् ।
प्रदेश व्यवास्थापिक संसदको पहिलो बैठक २० दिन भित्र प्रदेश प्रमुखले बोलाउनु पर्ने प्रावधान अनुसार संचालन गरिने भएको छ । ६ नम्वर प्रदेशमा प्रत्यक्ष तर्फ २४ र समानुपातिक तर्फ १६ गरि ४० जना प्रदेश सभा सदस्यहरु निर्वाचित भएका छन् ।