Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

रास्ट्रिय पोसाक दिवस सुर्खेतमा पनि मनाइयो

  |  495 Views

 

प्रस्तावित रास्ट्रिय पोसाक दिवस आज सुर्खेतमा एक कार्यक्रम गरि  मनाइएको छ ।

स्राद्दावान नेपालले रास्ट्रीय रुपमा विगत ४ वर्सदेखी मनाईरहेको यो दिवस यो बर्ष  सुर्खेतमा पनि युवा समाजसेवी सविन सर्माको संयोजकत्व मा मनाइएको हो । कार्यक्रम  सफल बनाउनका निमित्त सुर्खेतस्थित विभिन्न सामाजिक संस्था तथा संजालहरु लाइन्स क्लब, जेसिआई, भैरब युवा सशक्तिकरण केन्द्र, आशा नेपाल र युवा सामाजिक अभियान्ताहरु  ललित भट्टराइ र हरि उपाध्यायको विशेष सहयोग र सक्रियता रहेको थियो ।

कार्यक्रम बिहान ८ बजे मंगलगढी देखि र्यालीको रुपमा सुरुभै बजार परिक्रमा गरि बिरेन्द्र चोकमा आइ कोणसभामा परिणत भएको थियो । कोण सभामा विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोति कंडेल, युवा व्यवसायी तथा समाजसेवी भद्र भण्डारी र युवा व्यवसायी तथा समाजसेवी ललित भट्टराइले कार्यक्रममा भनाइहरु राख्दै रास्ट्रिय पोसाकलाइ संस्थागत गर्नपर्नेभन्दै त्यसको लागि सवैले आ-आफ्नो ठाउँबाट लाग्न जरुरि भएको कुरालाई जोड दिएका थिए ।

“यो एउटा अभियान को सुरुवात गरि संदेश प्रवाह गर्ने प्रयास मात्र हो, आउँदा दिनमा अलि व्यापकरुपमा गरिनेछ” आयोजक कमिटिका सदस्य तथा कार्यक्रमका संचालक हरि उपाध्यायले भने । राष्ट्रिय गितमा स्ट्रीट समूह नृत्य  सहित सवैलाई आभार प्रकट गर्दै कार्यक्रम समापन  गरिएको  संयोजक शर्माले बुलबुलेखबरलाई बताए ।

 

प्रकाशित मितिः सोमवार, पुस १७, २०७४     6:23:56 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *