Loading... 25 October 2020|   आइतवार, कार्तिक ९, २०७७   

बिना थापाको दुर्घटना मा मृत्यु ! अन्तिम फिल्म पिजडा ब्याक अगेन

  |  402 Views

काठमाडौ । दुर्घटनामा परी कलाकार विना थापाको निधन भएको छ । बुधबार बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको हो । बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी विनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कलाकारिता गर्दै राजधानी बस्दै आएकी विना गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी हुन् । प्रदर्शनको क्रममा रहेको फिल्मे फिल्म पिंजडा ब्याक अगेनमा समेत अभिनय गरेकी छन् । उनी थिएटरकी कलाकार हुन् । विनाप्रति हार्दिक श्रद्धाञ्जली !

प्रकाशित मितिः बुधबार, पुस १२, २०७४     10:26:49 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *