काठमाडौ । नेपाली संगीत उद्योगमा भिडियो सम्पादनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निशान घिमिरेको निर्देशनमा तयार भएको ‘छटपटी’ बोलको म्युजिक भिडियो यु ट्युबमा सार्वजनिक भएको छ ।
करिब ८ बर्षपछि घिमिरेले गीतको म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियो सम्पादनमा अब्बल रहेका घिमिरेको निर्देशनमा बनेको उक्त गतिको भिडियो सामान्यतया अहिले बनेका गीतहरुको भिडियो भन्दा बिल्कुलै फरक शैलिको रहेको छ ।
उनले गीतमा अभिनय गरेका पात्रहरुमा धेरै कुराहरुको नयाँ प्रयोग समेत गरेका छन् । उनले पात्रहरुको प्रस्तुति तथा उनीहरु भेषभुषामा समेत निकै ध्यान दिएर भिडियो निर्माण गरेको जानकारी समेत गराए ।
घिमिरेको निर्देशनमा तयार भएको उक्त भिडियोले नेपाली संगीतबजारमा छुट्टै छाप छोड्न सक्ने धेरैले अनुमान समेत लगाएका छन् ।
भिडियोकोे सबैभन्दा रोचक पक्ष भनेको पात्रहरुलाई प्रयोग गरेको विम्व वास्तविक जस्तै देखिएको कुरा हो ।सन्तोष कालिकोटेकोको आवाजमा रहेको भिडियोमा राज न्यौपाने, रोशनी कार्की, संजीत प्रताप मल्ल, संयोग कालिकोटेको अभिनय रहेको छ ।
भिडियोलाई उत्सब दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होस ।