काठमाडौ । चर्चित पप गायक संजय श्रेष्ठले दशैंका अवसर पारेर सांगितिक कार्यक्रम प्रस्तुत गरेका छन् । आफ्ना श्रोता तथा दर्शकका लागि उनले यो कार्यक्रम गरेका हुन् । विगत पच्चिस बर्षदेखि निरन्तर संगीत क्षेत्रमा लागि रहेका छन् । हाल सम्म छ वटा आफ्नै सोलो एल्बम निकाली सकेका गायक श्रेष्ठले करिब सय भन्दा बढी सिनेमामा ब्याकग्रउण्ड संगीत दिएका छन् ।
करिब चौध वटा चर्चित नेपाली सिनेमा संगीत दिएका नेपाली पपसंगीत जगतका हस्ती संजय श्रेष्ठ र उनको संगीतिक समूह क्रसरोडले यही असोज ४ गते धेरै समयको अन्तरालपछि आफ्नो संगितिक प्रस्तुति ललितपुरको झम्सिखेल गरे । कार्यक्रममा श्रेष्ठले आफ्ना निकै चर्चित गीतहरु प्रस्तुत गरी उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरे ।
माया मेरी माया, साह्रै मिठो रैछ कुवाका पानी, एउटा गाउ थियो, एघारा बाह्र तेह्र जस्ता दर्जन चर्चित गीतले दर्शकको मन जित्नुका साथै नचाउन पनि सफल भए । उक्त कार्यक्रम एसआरएस समूहको आयोजनामा सम्पन्न भएको थियो ।