बेङ्लुरु– भारतको बेङ्लुरुमा एक वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानेर हत्या गरिएको छ। केही अपरिचित व्यक्तिले घरमै प्रवेश गर्दै उनको गोली हानी हत्या गरेका हुन्। प्रारम्भिक रिपोर्टअनुसार अज्ञात व्यक्तिले निकै नजिकबाट उनलाई गोली हानेको र तत्कालै निधन भएको खुल्न आएको छ। उनको विचारलाई लिएर थुप्रै व्यक्तिको निशानामा थिइन, लंकेश।
उनी कन्नड भाषामा एक साप्ताहीक पत्रिका प्रकासित गर्ने गर्थिन्। उनको छवी निर्भिक र स्पष्ट लेख्ने पत्रकारको थियो। उनी कर्नाटकको सिभिल सोसाइटीको चर्चित अनुहार पनि मानिन्थिन्। कन्नड पत्रकारितामा नयाँ मापदण्ड स्थापित गर्ने पी. लोकेशको उनी छोरी पनि हुन्। उनी वामपन्थी विचारधाराबाट प्रभावित र हिन्दी अतिवादी विचारको कट्टर आलोचक पनि थिइन्।
प्रहरीले जनाएअनुसार उनलाई सात गोली लागेको छ। उनको हत्याको अनुसन्धानका लागि विशेष दस्ताको गठन गरिएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले मंगलबार विज्ञप्ती सार्वजनिक गर्दै लंकेशको हत्याको विरोध गरेका छन्। र, उनले यसलाई लोकतन्त्रको हत्या भनेका छन्।
पछिल्लो वर्ष सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) सांसद प्रल्हाद जोशीको तर्फबाट दायर मानहानी मुद्धामा लंकेशलाई अभियुक्त घोषणा गरिएको थियो। जोशीले उनको पत्रिकामा छापिएको भाजपा नेताको एउटा लेखमा आपत्ति जनाएका थिए।