| 571 Views
साउन २५, सुर्खेत ।
अमेरिकन कर्नर सुर्खेत, मिठु सिकाई फाउन्डेसन, सयोग नेपालको आयोजनामा ‘म्युजिक फेस्टिभल २०१७’ सुर्खेतमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस को अबसर पारेर सुर्खेतमै पहिलो पटक पुस्तक संकलनका लागि ‘म्युजिक फेस्टिभल २०१७’ गरीन लागेको श्रीनाथ अनलाईन टि.भीका कार्यकारी निर्देशक निर्मल प्याकुरेलले जानकारी दिए ।
कार्यक्रम हेर्नका लागि कुनै पनि टिकट लाग्नेछैन तर आउने व्यक्तिले आफ्नो ईच्छा अनुसार घरमा भएका किताबहरु डोनेट गर्न सक्नेछन ।
डोनेट भएर जम्मा भएका किताबहरूलाई लाईब्रेरी दिबसको अवसर पारी कुनै सरकारी स्कुलमा लाईब्रेरी स्थापनाको लागि हस्तान्तरण गरीने छ ।
यसको मिडिया पार्टनर श्रीनाथ अनलाइन टि.भि. रहेको छ ।
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।
Informative article, totally what I needed.