
सल्यान । सल्यानमा यात्रुबहाक बस दुर्घटना भएको छ । आइतबार बिहान जिल्लाको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ्ग तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस बागचौर नगरपालिका ७ कोटबारा चौफारी नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परी बागचौर नगरपालिका ६ चिसापानीकी २५ वर्षीया रन्जना शाह, शोही वडा चौलाबोटका ६० वर्षीय गम बहादुर ओली, मालजुंगाकी २७ वर्षीया लिला खत्री ओली, कोटबारा बस्ने ६५ वर्षीया तिलसरा विक. र बागचौर नगरपालिका ११ रातामाटाका ६३ वर्षीया विक्रम ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । घटनामा मानविय क्षति नभएपनि धेरै यात्रुहरु घाइते भएको स्थानीयको भनाइ छ । घाइते सबैको बागचौरस्थित जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
बसमा २६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । बस दुर्घटना हुनुको कारण खुल्न नसकेको र अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानलाई अघि बढाएको प्रहरीले जनाएको छ ।