
सुर्खेत । कर्णाली नदीमा डुंगासँगै बगेर १६ वर्षीया बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ का १६ वर्षीय शिव शाही रहेका छन् । बालक दैलेखको आठबीस नगरपालिका-१ रामघाट खोला र कर्णाली नदीको दोभान नजिकबाट बेपत्ता भएका हुन् ।
उनी आइतबार दिउँसो १२ बजेको समयमा डुंगा चलाउने क्रममा डुंगासँगै बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शिवसँगै अन्य दुई जना साथी पनि थिए । तर, शिवले म एक्लै चलाउनसक्छु भनेर डुंगा नदीमा लिएपछि बगेर बेपत्ता भएका हुन् ।
बेपत्ता भएका शिवको खोजीका लागि प्रहरी चौकी पाल्तडाबाट प्रहरीका टोली खटिएका छन्