Loading... 1 June 2020|   सोमवार, जेठ १९, २०७७   

भारतबाट एकै दिनमा १९ सय कर्णालीवासी आइपुगे

  |  131 Views

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५, बबईमा एक हजार ९ सय ३० नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरू यहाँ आइपुगेका हुन् ।

प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले भारतबाट सयौँको संख्यामा कर्णालीवासी नागरिक भित्रिँदै गरेकोमा प्रदेश सरकारले सबैको आरडिटी गर्ने यद्यपि स्थानीय सरकार सहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेका अनुसार अहिले तत्काल ७०० किटसहित १६ जना आरडिटीका लागि कर्मचारी त्यहाँ परिचालन छन । यो डेढ साताभित्र प्रदेशमा १५र२० हजार नागरिक भित्रिसकेको अनुमान छ ।

Bulbule
प्रकाशित मितिः बिहीबार, जेठ ८, २०७७     9:56:26 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *